CG Electronics
IME Life
Ncell NPL

एनआईसी एशियाको डलर क्रेडिट कार्ड संञ्चालनमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–एन आई सी एशिया बैंकले ‘अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड’ संञ्चालनमा ल्याएको छ । ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड’ संञ्चालनमा ल्याएको जनाएको छ ।
नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषतामा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा, निःशुल्क अनलाईन पेमेन्ट, कर्जा सिमितको ५०५ सम्म नगद झिक्न सकिने, १०५ वा शत प्रतिशत भुक्तानीको व्यवस्था र अधिकतम ४५ दिन सम्म सर्भिस चार्ज फ्रि क्रेडिट पेरि उपभोग गर्न सकिने रहेका छन् । ‘अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड’ को प्रयोगबाट बढी भन्दा बढी ग्राहकले उच्चतम लाभ उठाउने विश्वास बैंकले लिएको छ ।
बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवा
मोरङ । एन आई सी एशिया बैंक लिमिटेडले मोरङको ग्रामथान गाउँपालिकाको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ एनआईसीले शाखा विस्तार गरेको जनाएको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाका उपाध्यक्ष श्रीमती फुल कुमारी चौधरीले गरिन् । त्यसैगरी शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्रीमती मनचन चौधरीलाई नियुक्त गरेको बताएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...