रोयल इन्फिल्डको शोरुम धरान र इटहरीमा

Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०३:०८
काठमाडौं–एम.भी.दुगड गु्रप अन्र्तगतको विवेक अटोमोबाईल्स प्रा.लि.ले रोयल इन्फिल्ड मोटरसाईकलको शोरुम तथा वर्कसप धरान र इटहरीमा स्थापना गरेको छ । विवेक अटोमोबाईल्स प्रा.लि.ले सन् २००२ देखि नेपालका लागि आधिकारीक वितरक भई पूर्व मेची देखि पश्चिम महाकाली सम्म रोयल इन्फिल्डका मोटरसाईकल बिक्री वितरण गर्दै आइरहेको छ । विवेक अटोमोबाईल्स प्रा.लि. को सव डिलर रोयल मोटर्स प्रा.लि.ले धरान र इटहरीमा शोरुम तथा वर्कसप निर्माण गरेको हो । धरान र इटहरीमा ७ वटा स्पेयर पार्टस् सेन्टर पनि स्थापना भएका छन् ।
असार ९ गते एक समारोह आयोजना गरि धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी र रोयल इन्फिल्ड हेड अफ अपरेशन मेघ राज पौडेलले संयुक्त रुपमा शोरुमका उद्घाटन गरे । उपमेयर भण्डारीले रोयल इन्फिल्ड बाईक क्लासिक तथा यूनिक भएकाले आन्तरिक पर्यटन प्रवद्र्वन गर्न विशेष भूमिका खेलेको साथै सुरक्षित यात्रा र सडक सुरक्षाको सन्देश फैलाएको बताइन् । रोयल इन्फिल्डका हेड अफ अपरेशन मेघ राज पौडेलले रोयल इन्फिल्ड राईडरहरु समाज एवं ब्राण्डमा विश्वास गर्ने हुँदा उच्च स्तरीय सेवा सुविधा प्रधान गर्ने उद्देश्यका साथ थप सेवा पु¥याउन मद्त्त पुग्ने प्रष्ट पारे ।