अर्ना र डिजिपेद्धारा ट्रिब्युट टु पिङ्क फ्लो ब्यान्डलाई नेपालमा प्रस्तुत

Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०३:०५
काठमाडौं–अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिपेले अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा हालै ट्रिब्युट टु पिङ्क फ्लो ब्यान्डलाई नेपालमा प्रस्तुत गरेको छ । उक्त कार्यक्रममा कागजी टिकटको प्रयोग नगरी डिजि पे यापद्वारा डिजिटल पेमेन्ट गेटवे मार्फत् खरिद गर्ने व्यवस्था मिलाइएको थियो । कार्यक्रम मार्फत् उक्त याप पनि सञ्चालनमा ल्याइएको हो ।
गत शनिवार क्लब डेजा भूमा आयोजना गरिएको उक्त संगीतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो । उक्त कार्यक्रममा ४५०० भन्दा बढी दर्शक, नेपालका स्थापित संगीतकर्मी एवं अतिथिहरुको पनि उपस्थिति रहेको थियो । यती ब्रुअरी प्रा.लि, नेपालमा स्थापित एक बु्रअरी कम्पनी पनि हो । बिशाल गु्रप तथा एभरेष्ट गु्रपद्वारा प्रबर्धित कम्पनीले अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग सम्झौता गर्दै स्थापित ब्राण्ड तथा स्थानीय ब्राण्डमा आफ्नो उत्पादन गर्दै आइरहेको छ ।