टोखा र चापागाँउमा ज्योति विकासको नयाँ शाखा

Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०२:५९
काठमाडौं ज्योति विकास बैंक लि. ले काठमाडौंको टोखा र ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ । टोखा न.पा. वडा नं ३ टोखा बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच उद्घाटन भयो । सो अवसरमा नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रेग्मीले पुँजी, शाखा संजाल तथा बैकिङ्क सेवाको हिसाबले ज्योति विकास बैंक उत्कृष्ठ विकास बैंक बन्ने तर्फ लम्किरहेको बताउँदै बैंकको प्रगतिको कामना गरे ।
साथै बैंकका अध्यक्ष खड्काले बैंक देशभरी आफ्नो सेवा विस्तार गर्ने क्रममा रहेको र आधुनिक बैकिङ्ग सेवा सहित टोखामा उपस्थित रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकको उपस्थिति नरहेको टोखा बजारमा बैकिङ्ग सेवा प्रदान गर्न ज्योति विकास बैंकले शाखा खोलेको जानकारी गराउैदै बैंकको सेवा लिन सवैै टोखावासीलाई अनुरोध गरे । त्यसैगरी आईतबारै गोदावरी नगरपालिका वडा नं ११ चापागाँउ स्थित शाखाको औपचारिक रुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कंडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा उद्घाटन भयो । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम सेवा उपलव्ध गराउँदै आएको छ ।