एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम

Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०२:५४
काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको आयोजनामा दुई दिने वित्तीय साक्षरता तालिम पोखराको नागढुंगामा सम्पन्न भएको छ । वित्तीय शिक्षाको सचेतना अभिबृद्धि तथा ग्राहक सदस्यहरुमा वित्तीय चेतना फैलाउने र वित्तीय पहुँच बिस्तारका लागि फिल्डमा तालिम गराउनको लागि सक्षम प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको एनएमबिले जनाएको छ ।
वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले तालिममा सिकेका कुराहरुलाई व्यबहारिक रुपमा सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकेमा मात्र तालिमले सार्थकता पाउने विचार ब्यक्त गरे । २ दिने उक्त तालिममा वित्तीय संस्थाका बिभिन्न शाखाबाट २५ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।