जनता बैंकको स्वास्थ्य शिविर

Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०३:१५
अर्घाखाँची । जनता बैंक नेपाल लिमिटेडबाट पाणिनी गाउँपालिका, दुर्गाफाट, अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आषाढ ८ गतेसम्पन्न स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद टोपबहादुर रायमाझीले ग्रामिण भेगका जनताको स्वास्थ्यमा जनता बैंकले पुर्याएको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे । लुम्बिनि मेडिकल कलेज तथा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरुको प्राविधिक सेवा रहेको स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग सम्बन्धि र जनरल मेडिकल जाँच गरिएको थियो ।
करिव ३०० जना विभिन्न उमेरका महिला तथा पुरुषहरुले स्वास्थ्य जाँच गराएको उक्त शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ मार्फत ग्रामिण महिलाहरुको पाठेघरको रोगको उपचारमा उल्लेख्य सहयोग गर्दै आइरहेको जनाएको छ । उक्त शिविरबाट आङ्ग खस्ने सम्बन्धि रोगको अपरेशनको लागि सिफारिस भएका महिलाहरुको उपचारमा बैंकले सहयोग गर्ने भएको छ ।