पञ्चकन्या हाइड्रोको आइपीओ आउँदै
Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०३:१८
काठमाडौं–पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड लाई सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । कम्पनीलाई ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृत दिएको हो । पञ्चकन्या माई हाइड्रो पावरको विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । पञ्चकन्या गुपद्वारा प्रवद्र्धित यस हाइड्रोले सवसाधारणका लागि शेयर जारी गर्न लागेको हो ।