महालक्ष्मी विकास बैंक अब नयाँ बानेश्वरमा

Tuesday Jun 26, 2018
वि.सं.२०७५ असार १२ मंगलवार ०३:५९
काठमाडौं–महालक्ष्मी विकास बैंकले आइतबारदेखि काठमाडौं नयाँँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७२ औँ शाखा भएको बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ भने बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।३५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको बैंकले जनाएको छ ।