ज्योति विकास बैंकको शाखा बर्दघाटमा

Friday Jun 29, 2018
वि.सं.२०७५ असार १५ शुक्रवार ०२:४२
काठमाडौं–ज्योति विकास बैंकले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा रहेको उक्त शाखाको बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले मंगलबार संयुक्त उदघाटन गरेका छन । बैंकले ५७ शाखा तथा १८ एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
बैंकले चालु आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ । बैंकले १६ अर्व ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्व ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपैयाँ रहेको छ ।