CG Electronics
IME Life
Ncell NPL

धार्मिक तीर्थस्थलका लागि बृहत् गुरुयोजनाको खाका तयार

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

गाईघाट । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।

सो गुरुयोजना सञ्चालनका लागि शनिबार रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा एक कार्यक्रमबीच योजनाको खाका विज्ञसहितका टोली र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रस्तुत गर्नुभयो ।

रौतामाईको धार्मिक तीर्थस्थल रौतापोखरीमा धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न होटल, गेष्ट हाउस, भ्यू टावर, सवारी पार्किङस्थलसम्मको योजनाको खाका तयारी गरी विज्ञ डा प्रेम शर्माले प्रस्तुत गर्नुभएको हो ।

रौताको रौतामाई पोखरीदेखि ओडारे झर्ना, माझखर्क क्षेत्रको स्थान महत्वपूर्ण धार्मिक तथा पर्यटककीयस्थल रहेका कारण यसका लागि दिगो पर्यटन विकास गर्न र यहाँका प्रकृति सम्पदाको समेत संरक्षण गर्ने गरी गुरुयोजनाको नक्सा तयार गरिएको विज्ञ डा प्रेम शर्माले बताउनुभयो ।

केही योजना सञ्चालन भइसकेको र बाँकी कार्य गर्न अब आफूले केन्द्र सरकार र प्रदेश सरकारको सहयोग मागेर सात वर्षभित्र नक्साअनुसार गुरुयोजना सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का बताउनुभयो ।

उक्त योजना सम्पन्न भएपछि रौता क्षेत्रमा आन्तरिक र बाह्य गरेर वार्षिक पाँच लाखभन्दा बढी पर्यटक भित्रिने र वार्षिक रु दश करोडभन्दा माथिको आम्दानी हुने समेत विज्ञ र गाउँपालिकाका प्रतिनिधिको धारणा छ ।
उक्त गुरुयोजना प्रस्तुत तथा गोष्ठी कार्यक्रममा विज्ञ इञ्जिनियरसहित १ नं प्रदेश सांसद नारायण बुर्जा, हिमाल कार्की, अम्बिका थापा, प्रजिअ विष्णु कार्कीका सहभागिता रहेको थियो ।
झण्डै ६ महिनाको अध्ययन र अनुसन्धान तथा स्थलगत अध्ययनपछि उक्त गुरुयोजनाको खाका तयारी कार्य सम्पन्न भएको इञ्जिनियर प्रकाश जिसीले बताउनुभयो ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...