Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

धार्मिक तीर्थस्थलका लागि बृहत् गुरुयोजनाको खाका तयार

Machhapuchchhre Bank Limited

गाईघाट । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।

सो गुरुयोजना सञ्चालनका लागि शनिबार रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा एक कार्यक्रमबीच योजनाको खाका विज्ञसहितका टोली र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रस्तुत गर्नुभयो ।

रौतामाईको धार्मिक तीर्थस्थल रौतापोखरीमा धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न होटल, गेष्ट हाउस, भ्यू टावर, सवारी पार्किङस्थलसम्मको योजनाको खाका तयारी गरी विज्ञ डा प्रेम शर्माले प्रस्तुत गर्नुभएको हो ।

रौताको रौतामाई पोखरीदेखि ओडारे झर्ना, माझखर्क क्षेत्रको स्थान महत्वपूर्ण धार्मिक तथा पर्यटककीयस्थल रहेका कारण यसका लागि दिगो पर्यटन विकास गर्न र यहाँका प्रकृति सम्पदाको समेत संरक्षण गर्ने गरी गुरुयोजनाको नक्सा तयार गरिएको विज्ञ डा प्रेम शर्माले बताउनुभयो ।

केही योजना सञ्चालन भइसकेको र बाँकी कार्य गर्न अब आफूले केन्द्र सरकार र प्रदेश सरकारको सहयोग मागेर सात वर्षभित्र नक्साअनुसार गुरुयोजना सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का बताउनुभयो ।

उक्त योजना सम्पन्न भएपछि रौता क्षेत्रमा आन्तरिक र बाह्य गरेर वार्षिक पाँच लाखभन्दा बढी पर्यटक भित्रिने र वार्षिक रु दश करोडभन्दा माथिको आम्दानी हुने समेत विज्ञ र गाउँपालिकाका प्रतिनिधिको धारणा छ ।
उक्त गुरुयोजना प्रस्तुत तथा गोष्ठी कार्यक्रममा विज्ञ इञ्जिनियरसहित १ नं प्रदेश सांसद नारायण बुर्जा, हिमाल कार्की, अम्बिका थापा, प्रजिअ विष्णु कार्कीका सहभागिता रहेको थियो ।
झण्डै ६ महिनाको अध्ययन र अनुसन्धान तथा स्थलगत अध्ययनपछि उक्त गुरुयोजनाको खाका तयारी कार्य सम्पन्न भएको इञ्जिनियर प्रकाश जिसीले बताउनुभयो ।

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म,...

वि.सं.२०८१ चैत ३ आइतवार ०७:१४

  काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन...

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ...

वि.सं.२०८१ फागुन २६ सोमवार १३:१५

  काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले एक दशकपछि कोही पनि...

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ...

वि.सं.२०८१ फागुन १५ बिहीवार २०:१२

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

विश्वमै दुर्लभ बैकाल गैरी चरा नागदहमा फेला पर्यो

विश्वमै दुर्लभ बैकाल गैरी चरा नागदहमा फेला...

वि.सं.२०८१ फागुन १० शनिवार १७:४३

      काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१...

वि.सं.२०८१ माघ १४ सोमवार १८:४५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर...