Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आँधीखोला सुली प्रकरण: कालीका एग्रोलाई ४५ सय जरिवाना

सुली मिसाउँदा आँधीखोलामा प्रदुषण हुनुका साथै १३ टन माछासहितका जलचर मारिएको घटनामा जिल्ला प्रशासन स्याङजाले खिलुङ कालिका एग्रो फर्मलाई ४५ सय जरिवाना र २० लाख रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

घटनाको पाँच महिनापछि जिल्ला प्रशासन कार्यालयले जलचर ऐन २०१७ को दफाअनुसार जरिवानाको कारबाही गरिएको जनाएको हो । घटना छानविन गर्न गठिन समितिद्धारा बुझाइएको प्रतिवेदनलाई आधार मान्दै जरिवाना र क्षतिपूर्ति तोकिएको कामु प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनुभयो ।

जरिवानासँगै एग्रो फर्मले मारिएका जलचर वापत २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । आँधीखोलामा ३ लाख ५० हजार माछाको भुरा छाड्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

गत बैशाख २१ ग्ते भीरकोट–६ स्थित एग्रो फर्मले आँधीखोलामा कुखुराको सुलीसहितको फोहोर बगाएपछि जलचरहरु मरेर सखाप भएका थिए ।

सुली बगाएको घटनाको भोलिपल्ट गल्याङ–३ स्थित आँधीखोला जलविद्युत आयोजनाको जलाशयमा मरेका जलचर तैरिएका देखिएको थियो । उल्लेख्य संख्यामा मरेका जलचर तैरिएको देखिएपछि घटना सार्वजानिक भएको थियो ।

ठूलो परिमाणमा सुलीसहितको फोहोर नदीमा बगाउँदा ३ किमी क्षेत्रसँगै गल्याङका ३, ७ र ९ नम्बर वडा प्रत्यक्ष रुपमा प्रभावित भएका थिए ।

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर...

वि.सं.२०८२ वैशाख २४ बुधवार १४:५०

  काठमाडौं । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...