API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

नेपाल–फिलिपिन्सबीचको फुटबल खेल आज

 

एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ : ३० बजे खेल हुनेछ ।

 

पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

 

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् ।

 

आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

 

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण शुरु

 

ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ ।

 

चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ विधामा प्रतिस्पर्धा गराइने एकेडेमीले जनाएको छ ।

 

प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकल खुला, पुरुष युगल खुला र पुरुष युगल टप २०, यू–१५ महिला र पुरुष खुला, मिश्रित युगल खुला, मास्टर ३५ वर्षमाथि र मास्टर ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ ।

 

प्रतियोगितामा कूल पुरस्कार राशि रु तीन लाख ८० हजार छ । नौ वटै विधामा पहिलोदेखि तेस्रो हुनेले पुरस्कार प्राप्त गर्नेछन् ।

 

पुरुष एकलको विजेताले रु ३० हजार, दोस्रो हुनेले रु १५ र तेस्रोले रु १० हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकल, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० बरियताबाहेकको विजेताले समान रु २५ हजार प्राप्त गर्नेछन् ।

 

मास्टर ३५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मिश्रित युगल खुलाको विजेताले समान रु २० हजार र यू–१५ महिला र पुरुषको विजेताले १६÷१६ हजार पाउनेछन् ।

 

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबादेखि सुरु

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण...

वि.सं.२०८१ पुस २१ आइतवार ०८:०५

  चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ...

वि.सं.२०८१ पुस १५ सोमवार २१:१३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल...

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

वि.सं.२०८१ पुस ९ मंगलवार १९:०५

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो...

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक...

वि.सं.२०८१ पुस ७ आइतवार ०९:२८

काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको...

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गलाई

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल...

वि.सं.२०८१ पुस ७ आइतवार ०८:५६

  भरतपुर । चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो...