CG Electronics
IME Life
Ncell NPL

दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 


–कालिका खड्का

काठमाडौँ, ४ असोज । ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ ।

छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो । ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले पनि यो कार्यक्रमप्रतिको आकर्षणलाई देखाउँछ । मेचीदेखि महाकालीसम्म करीब दुई हजार पाँच सय नृत्यप्रेमीले छलछमी–३ सम्म नाचेर गइसकेका छन् । संविधान दिवसका अवसरमा नेपाल टेलिभिजनले आजदेखि ‘छमछमी–४’ को ‘काठमाडौँ अडिशन’९जाँच० शुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले छमछमी–४ को उद्घाटन गर्दै देशको आर्थिक समृद्धिका लागि कला, संस्कृति र सभ्यताले ठूलो सहयोग गर्न सक्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “ देउडा, तामाङ सेलो, चण्डी नाच, सोरठी आदि हाम्रा मौलिक संस्कृति हुन् ।”
सबल राष्ट्र निर्माणको आधार कला र संस्कृति बन्न सक्ने बताउँदै उहाँले नेपालका सबै संस्कार र संस्कृतिलाई व्यापक प्रचारप्रसार गरेर त्यसलाई पर्यटनमा रुपान्तरण गर्न सके अर्थोपार्जन हुनाका साथै संस्कृतिको पनि संरक्षण हुने स्पष्ट गर्नुभयो । मन्त्री बाँस्कोटाले छमछमी कार्यक्रमले देशमा छरिएर रहेका प्रतिभाहरुको पहिचान तथा कला र संस्कृतिको संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले नेपाली प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले शुरु गरिएको सो कार्यक्रममा नेपालीको मौलिक पहिचान झल्कने तथा मुलुकभित्रका १२५ जातजाति र १२३ भाषाभाषीको वेशभूषा देखिने बताउनुभयो ।

‘छमछमी’ नृत्य कार्यक्रममा १४ वर्षमाथिका नेपाली नागरिकले भाग लिन पाउनेछन् । नेपाल टेलिभिजनको रजत महोत्सवका उपलक्ष्यमा २०६६ सालदेखि सो कार्यक्रमको शुरुआत भएको हो ।

छमछमी–४ का निर्णायकमा नृत्याङ्गाना मिथिला शर्मा हुनुहुन्छ । उहाँ पहिलो शृङ्खलादेखि नै निर्णायकको भूमिकामा रहनुभएको छ । त्यस्तै राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा समेत नृत्य मञ्चमा स्थापित महेश गोदार र नेपाली सिने जगत्की नायिका सञ्चिता लुइँटेल हुनुहुन्छ ।

छमछमी–४ मा २०० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडाँैपछि बिर्तामोड, इटहरी, जनकपुर, हेटाँैडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढी अडिशन हुनेछ । कार्यक्रम प्रस्तोतामा नारायण कडरिया र रोशनी खत्री रहनुभएको छ ।

आगामी कात्तिक ४ गतेदेखि साँझ ८ः५० बजे प्रसारण गरिने छमछमी–४ पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास आयोजकले गरेको छ । छलछमी सिजन–१ मा झापाकी अजुजा अग्रवाल, छलछमी सिजन–२ मा पूर्वकै साजन तामाङ र छलछमी सिजन–३ मा हेटाँैडाका सरोज प्रजा विजेता बन्नुभएको थियो ।

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...