CG Electronics
Ncell NPL
NIMB

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ ।

काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी दिनुभयो ।

उहाँले झण्डै दुई तिहाइ जनसङ्ख्या कृषि पेशामा आबद्ध भए पनि नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी पाँच वर्षमा हाल भइरहेको उत्पादनलाई दोब्बर वृद्धि गर्नुपर्ने हुँदा सम्मेलनबाट प्राप्त रचनात्मक सुझावलाई सङ्कलन गरी कार्यान्वयनमा लैजानु आवश्यक रहेकामा जोड दिनुभयो । बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भएको झण्डै तीन हप्तापछि दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिका विभिन्न क्षेत्रमा आबद्ध ३०० विज्ञ सम्मेलनमा सहभागी हुनुभएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र नेपाल, कृषि प्रसार समितिको संयुक्त आयोजना र अन्तर्राष्ट्रिय कृषि प्रसार समिति हैदरावाद भारतको सहआयोजनामा शुरु भएको सम्मेलन यही असोज ७ गतेसम्म चल्नेछ । सम्मेलनमा ८५ कार्यपत्र पेश हुनेछन् ।

बिम्स्टेक सम्मेलनमा जारी गरिएको १८ बुँदे घोषणपत्रले पनि कृषि क्षेत्रको उत्पादनमा जोड दिएको थियो । कृषिमन्त्री चक्रपाणि खनालले सम्मेलनमा कृषि प्रसार सेवाका लािग नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूलन, साना किसानका लागि कृषि प्रसार विधि तथा कृषि व्यवसायीकरण र कृषि उद्यम विकासका लािग कृषि प्रसार रणनीतिसम्बन्धी छलफल हुने जानकारी दिनुभयो ।

विश्व जनसङ्ख्याको करीब तीन चौथाइ बसोबास दक्षिण एशियामा छ । सार्क राष्ट्रको मुख्य चुनौती गरीबी र खाद्य असुरक्षाबाट मुक्ति हो । कृषि जीविकोपार्जनको मुख्य आधार रहेकाले यस क्षेत्रमा कृषिको विकास र विस्तार नगरी समग्र देशको विकास सम्भव देखिँदैन । यस क्षेत्रमा भएका हरित क्रान्तिले लाखौँ जनतालाई भोकमरीको खाडलबाट निकाले पनि किसानको आयमा उल्लेखनीय वृद्धि हुन सकेको छैन ।

नेपाललगायत छिमेकी राष्ट्रले आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बर गर्ने सङ्कल्प गरिसकेका छन् । यसका लागि उपयुक्त नीति तथा कार्यक्रम तर्जुमा भई कार्यान्वयनको अवस्थामा छ । कृषि विकास रणनीति र दिगो विकास लक्ष्यले तय गरेको उद्देश्य प्राप्तिका लागि भोकमरीलाई शून्यमा झार्ने मार्गचित्र र तिनको कार्ययोजना तयार भई कार्यान्वयनमा रहेको छ ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...