CG Electronics
Ncell NPL
NIMB

रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

पाँचथर, ४ असोज । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरपालिकाका नाममा रु ५० लाखभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रदान गर्नुभएको हो ।

 

प्रतिरोपनी रु एक लाखमा बिक्री भइरहेको जग्गा स्थानीयवासीले रङ्गशाला निर्माणको कार्य तत्कालै अघि बढाउन सहयोग पु¥याउने उद्देश्यले निःशुल्क प्रदान गर्नुभएको हो ।

 

 

हालसम्ममा छ जना जग्गाधनीले ३१ रोपनी जग्गा फिदिम नगरपालिकाका नाममा रजिष्टे«शन पास गरिसक्नुभएको जिल्ला मालपोत कार्यालय पाँचथरका निमित्त प्रमुख बाबुराम पोखरेलले जानकारी दिनुभयो ।

 

नयाँ शहरका रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रङ्गशालाको आवश्यकता खड्किएको अवस्थामा स्थानीयले जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणको आधार तयार गरिदिनुभएको हो । स्थानीय जग्गाधनीले रामचन्द्र नेपाल संयोजक, गगनलावती सहसंयोजक र रामकुमार तामाङ सचिव रहेको सात सदस्यीय जग्गा प्राप्ति समिति बनाई रङ्गशाला निर्माणका लागि जग्गा निःशुल्करुपमा सरकारी निकायलाई उपलब्ध गराउनुभएको हो ।

जग्गा प्राप्त भइसकेपछि सरकारी निकायबाट रङ्गशाला निर्माणको कार्य अघि बढ्ने स्थानीयवासीको विश्वास छ । रङ्गशाला निर्माणका लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जग्गा प्राप्ति भई सकेपछि रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताउनुभयो । रङ्गशाला पनि नयाँशहरका लागि आवश्यक पूर्वाधारकै रुपमा पर्ने भएकाले रङ्गशाला निर्माणको कार्य यसै वर्षबाट अघि बढ्ने प्रजापतिले जानकारी दिनुभयो ।

नगरपालिकाले पत्र पठाएपछि आयोजना कार्यालयले विस्तृत सर्वेक्षणको कार्य अघि बढाउने छ । नयाँ शहर आयोजनाको कार्यालयको चालू आवको कार्यक्रममा रङ्गशाला निर्माणका लागि विस्तृत सर्वेक्षण गर्ने तथा निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने कार्यक्रम समावेश भएकाले ठेक्का प्रक्रिया यही आवभित्र शुरु हुने प्रजापतिले जानकारी दिनुभयो ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...