Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कृषि उत्पादनबाट जीविकोपार्जन

 

रसुवा, ४ असोज । उत्तरी रसुवाको गतलाङ क्षेत्रका बासिन्दालाई स्थानीयस्तरको आयले जीविकोपार्जनमा सहजता पुगेको छ ।

स्थानीयवासी गोम्बो छिरिङ तामाङकाअनुसार भेडाबाख्रापालन र चौरीपालनका भरमा गाउँका ५५० परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।

यहाँ आलु र सिमी पनि पर्याप्त मात्रामा फल्छ । आलु यहाँको प्रमुख वाली हो । तामाङ समुदायको बसोबास रहेको गतलाङमा आलु बिक्री गरी चामल, नुन, तेल र मसला खरीद गरी जिविकोपार्जन गर्दै आएका छन् ।

गतलाङमा यस वर्ष रु पाँच करोडभन्दा बढीको आलु उत्पादन भएको स्थानीयवासी मिङ्मा लामाले बताउनुभयो । आलुको मूल्य प्रतिकिलो रु २४ निर्धारण गरिएको छ । स्थानीयवासीले व्यापारीक केन्द्रमा आलु बिक्री गर्ने गरेका छन् । धुञ्चेबाट ३० किलोमिटर उत्तरमा रहेको गतलाङमा रु एक करोड ५० लाखभन्दा बढीको चौँरीगाईको दूध, रु दुई करोड बराबरको सिमी तथा रु १० करोडको कृषि उपज बिक्री गर्ने गरेको स्थानीयवासी गोम्बो छिरिङ तामाङले बताउनुभयो ।

पार्वतीकुण्ड नजिक दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र रहेको छ । केन्द्रले प्रतिलिटर रु ७० देखि रु ८० सम्ममा चौँरीगाईको दूध खरिद गर्ने गरेको छ । आमाछोदिङमो गाउँपालिकाको गतलाङ क्षेत्रमा होमस्टेसमेत सञ्चालन गरिएको छ ।

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर...

वि.सं.२०८२ वैशाख २४ बुधवार १४:५०

  काठमाडौं । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...