Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

विपक्षीहरुले पिपिरी बजाएर केही हुनेवाला छैन, महान् उद्देश्यमा प्रतिबद्ध छौँ : प्रधानमन्त्री

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए ।

‘कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन’, उनले भने । प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाव दिएका छन् ।

 

‘आफ्ना आग्रह, पूर्वाग्रह छाडौं,आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको दावी गरे ।

 

‘वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन, फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन’, उनले भने ।

 

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...