CG Electronics
IME Life
NIMB

नेकपा अध्यक्षद्वयको सात बुंदे विशेष निर्देशनसहितको सर्कुलर, यस्ता छन् सर्कुलरमा निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
 

 

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औं बैठक लगत्तै आज (आइतबार) विशेष सर्कुलर जारी गरेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अमेरिका भ्रमणमा जानुभन्दा २ दिनअघि भएको केन्द्रीय सचिवालयको बैठकपछि सो सर्कुलर जारी गरिएको हो । ५ असोजमा भएको सचिवालयको १३ औँ बैठकले सातै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गरेको थियो ।

सो बैठकले जिम्मेवारी पाएका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवहरुले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म गर्नुपर्ने ७ जिम्मेवारी समेत तोकेको छ । तोकिएका ती जिम्मेवारीहरु निम्न बमोजिम छन् :-

१. प्रदेशका ईञ्चार्ज, सह(ईञ्चार्ज, अध्यक्ष र सचिवहरुको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरुको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने ।
२. सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरुसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने ।
३. आफ्नो तह र मातहतका पार्टी कार्यालयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने ।
४. आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने ।
५. पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेे र केन्द्रीय सचिवालयमा बुझाउने ५. प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने ।
६. प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने ।
७. उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने ।

सर्कुलरमा पार्टी केन्द्रबाट यथासक्य चाँडो प्रदेश कमिटीका सदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्व्निर्धा्रित मापदण्डका साथै थप मापदण्डहरु पठाईने पनि जनाइएको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...