CG Electronics
IME Life
NIMB

अब मदिरा पिउन परिचयपत्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

अब मदिरा पिउन परिचयपत्र

 

हालै मलेसियामा विषाक्त मदिराका कारण आठ नेपालीको मृत्यु भयो। यसअघि पनि पटकपटक मदिराका कारण मानिसको मृत्यु भएका घटना छन्। मदिराको नशामा धेरैले अकालमा ज्यान गुमाएका छन्, धेरैको सम्बन्ध, घरपरिवार तहसनहस भएको छ। नेपालमा पनि प्रहरीले बेलाबेला विषाक्त मदिरा नियन्त्रणका लागि अभियान चलाइरहन्छ। घरेलु मदिरामा जुत्ता, चप्पल, भित्री वस्त्र, कन्डमजस्ता अखाद्य पदार्थ प्रयोग भएको पाइन्छ। शुद्धताको अभाव र वैज्ञानिक परीक्षण नै नगरिएको मदिरा मानव स्वास्थ्यका लागि घातक हुन्छ। बेलैमा विचार नगरे मदिराको दुरुपयोगले विकराल रूप लिने खतरा छ।

मदिरा सेवन कुनै समुदायको रीतिरिवाजसँग जोडिन्छ भने कसैका लागि यो आधुनिकताको पहिचान हो। युवा पुस्ताका लागि अरूभन्दा भिन्न देखिने चाहना र कूतुहलता हो। तर यसको नशामा थुप्रैले बाटो बिराउँछन्, अपराध गर्छन् र कुलतमा फस्छन्।

अधिकांशका लागि एक्लोपन भुल्ने, चाडपर्व, सफलता, विवाह, प्रेम, वियोग, दुःखसुख साट्ने र मोजमस्तीको माध्यम मदिरा नै हुन्छ। मदिराबिनाको भोज खल्लो मान्छन् धेरैले। बहाना जे भए पनि मदिरा अनिवार्यजस्तै बनेको छ सबैका लागि। बेलाबेलामा सुनिन्छ, ड्युटीमा रहेका कतिपय प्रहरी पनि मदिरा सेवनका कारण कारबाहीमा पर्छन्। मदिराको नशामा कति मान्छे बाटोमै सुतेको देख्छौं।

मदिराको प्रभावले मान्छे फरक व्यवहार गर्न थाल्छ। मदिराको नशाले मान्छेको व्यक्तित्वको तह घटाइदिन्छ। जतिसुकै ठूलो पदमा रहेको मान्छे किन नहोस्, मदिरा पिउनेबित्तिकै उसको व्यवहार फरक पर्न थालिहाल्छ। त्यस्ता व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोण पनि फरक हुन थाल्छ। फलस्वरूप समाजमा कतिपयको परिचय ‘जँड्याहा’ मात्र हुन्छ।

खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो ठूलो मात्रामा अवैध मदिरा कारोबार भइरहेको छ।

अहिलेको पुस्ताले रक्सी खाएर बिग्रेको आक्षेप सदैव खप्दै आएको छ। भट्टी, रेस्टुराँ, बार, पार्टी, भोज, भत्तेर, बैंस, बुढ्यौली सर्वत्र छाएको मदिरा वास्तवमा अहिलेको आविष्कार होइन। यसको दुरुपयोग भने अहिले बढी भएको हो। वैदिक कालदेखि नै यसको प्रयोग हुँदै आएको छ। ऋग्वेदले समेत मदिराको उल्लेख गरेको पाइन्छ। सोम र प्रहामनाका नाममा मदिराजन्य तरल पदार्थलाई विषका रूपमा पनि उल्लेख गरिएको छ। यजुर्वेदले असभस र अरिस्थासका नाममा विभिन्न वनस्पतिका रस मिसाएर बनाइएको नशा लाग्ने ओखतीको उल्लेख गरेको छ।

अपराध र भ्रष्टाचार कम गर्न, सामाजिक समस्याको समाधान गर्न र स्वस्थताका लागि भन्दै अमेरिकाले संविधानको अठारौं संशोधनमार्फत जनवरी १९२० देखि मदिराको उत्पादन, ढुवानी, आयात तथा बिक्रीवितरण निषेध गर्‍यो। सुरुमा यो कानुनको त्यहाँका जनताले स्वागत गरे। तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो ठूलो मात्रामा अवैध मदिरा कारोबार भइरहे। युवालाई आकर्षण गर्न मदिरा उत्पादक तथा बिक्रेताहरूले निःशुल्क खाना, जुवा, वेश्यावृत्ति र अन्य अनैतिक गतिविधिसमेत गर्न थाले। त्यसकारण सन् १९३३ मा मदिरामा लगाइएको प्रतिबन्ध संविधानको एक्काईसौं संशोधनमार्फत् फुकुवा गरियो। नेपालमा पनि पछिल्लो समय बढ्दो हिंसा र अपराधका कारण मदिरा भन्दै गृहमन्त्री रामबहादुर थापाले देशव्यापी रूपमा मदिरा नियन्त्रणका लागि निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री गर्न पाउने व्यवस्थासहितको कार्ययोजना ल्याउने बताएका छन्। यो पक्कै पनि स्वागतयोग्य छ। प्रायः मुस्लिम बाहुल्य देशमा मदिरानिषेध छ।

मदिरा बिक्रीवितरणमा पूरै निषेध गर्न सकिन्न, तर यसलाई नियन्त्रण गर्न सकिन्छ। बाजुराको गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवन गर्न मन लागे गाउँपालिका कार्यालयलाई जानकारी हुनैपर्ने गरी कानुन बनाइएको छ। गाउँपालिकाले गत असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ लागू गरेपछि साउनदेखि मदिरा सेवन परिचयपत्र जारी गरेको छ। यस्तै कानुन देशभर नै लागू गर्ने हो भने मदिरा सेवनका कारण भइपरी आउने समस्या कम हुन सक्छ।

दसैं र तिहार नजिकिँदै छ। चाडपर्वका नाममा मदिराको बिक्री-वितरण र प्रयोगकर्ताको संख्या वृद्धि हुन्छ। अर्कोतर्फ विश्व अर्थतन्त्रको ठूलो हिस्सा हतियार र मदिरा व्यापारले धानेका छन्। नेपालमा पनि कतिपयले मदिरा उत्पादन गरी दैनिकी चलाएका छन्। यसरी उत्पादन हुने मदिरामा शुद्धता र वैज्ञानिक परीक्षणको कानुन ल्याइनु जरुरी छ। जसले विषाक्त मदिराका कारण मानिसको मृत्यु नहोस्। मदिरा सेवनका कारण हुने अपराध पनि नियन्त्रण होस्।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...