Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अब मदिरा पिउन परिचयपत्र

Machhapuchchhre Bank Limited

अब मदिरा पिउन परिचयपत्र

 

हालै मलेसियामा विषाक्त मदिराका कारण आठ नेपालीको मृत्यु भयो। यसअघि पनि पटकपटक मदिराका कारण मानिसको मृत्यु भएका घटना छन्। मदिराको नशामा धेरैले अकालमा ज्यान गुमाएका छन्, धेरैको सम्बन्ध, घरपरिवार तहसनहस भएको छ। नेपालमा पनि प्रहरीले बेलाबेला विषाक्त मदिरा नियन्त्रणका लागि अभियान चलाइरहन्छ। घरेलु मदिरामा जुत्ता, चप्पल, भित्री वस्त्र, कन्डमजस्ता अखाद्य पदार्थ प्रयोग भएको पाइन्छ। शुद्धताको अभाव र वैज्ञानिक परीक्षण नै नगरिएको मदिरा मानव स्वास्थ्यका लागि घातक हुन्छ। बेलैमा विचार नगरे मदिराको दुरुपयोगले विकराल रूप लिने खतरा छ।

मदिरा सेवन कुनै समुदायको रीतिरिवाजसँग जोडिन्छ भने कसैका लागि यो आधुनिकताको पहिचान हो। युवा पुस्ताका लागि अरूभन्दा भिन्न देखिने चाहना र कूतुहलता हो। तर यसको नशामा थुप्रैले बाटो बिराउँछन्, अपराध गर्छन् र कुलतमा फस्छन्।

अधिकांशका लागि एक्लोपन भुल्ने, चाडपर्व, सफलता, विवाह, प्रेम, वियोग, दुःखसुख साट्ने र मोजमस्तीको माध्यम मदिरा नै हुन्छ। मदिराबिनाको भोज खल्लो मान्छन् धेरैले। बहाना जे भए पनि मदिरा अनिवार्यजस्तै बनेको छ सबैका लागि। बेलाबेलामा सुनिन्छ, ड्युटीमा रहेका कतिपय प्रहरी पनि मदिरा सेवनका कारण कारबाहीमा पर्छन्। मदिराको नशामा कति मान्छे बाटोमै सुतेको देख्छौं।

मदिराको प्रभावले मान्छे फरक व्यवहार गर्न थाल्छ। मदिराको नशाले मान्छेको व्यक्तित्वको तह घटाइदिन्छ। जतिसुकै ठूलो पदमा रहेको मान्छे किन नहोस्, मदिरा पिउनेबित्तिकै उसको व्यवहार फरक पर्न थालिहाल्छ। त्यस्ता व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोण पनि फरक हुन थाल्छ। फलस्वरूप समाजमा कतिपयको परिचय ‘जँड्याहा’ मात्र हुन्छ।

खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो ठूलो मात्रामा अवैध मदिरा कारोबार भइरहेको छ।

अहिलेको पुस्ताले रक्सी खाएर बिग्रेको आक्षेप सदैव खप्दै आएको छ। भट्टी, रेस्टुराँ, बार, पार्टी, भोज, भत्तेर, बैंस, बुढ्यौली सर्वत्र छाएको मदिरा वास्तवमा अहिलेको आविष्कार होइन। यसको दुरुपयोग भने अहिले बढी भएको हो। वैदिक कालदेखि नै यसको प्रयोग हुँदै आएको छ। ऋग्वेदले समेत मदिराको उल्लेख गरेको पाइन्छ। सोम र प्रहामनाका नाममा मदिराजन्य तरल पदार्थलाई विषका रूपमा पनि उल्लेख गरिएको छ। यजुर्वेदले असभस र अरिस्थासका नाममा विभिन्न वनस्पतिका रस मिसाएर बनाइएको नशा लाग्ने ओखतीको उल्लेख गरेको छ।

अपराध र भ्रष्टाचार कम गर्न, सामाजिक समस्याको समाधान गर्न र स्वस्थताका लागि भन्दै अमेरिकाले संविधानको अठारौं संशोधनमार्फत जनवरी १९२० देखि मदिराको उत्पादन, ढुवानी, आयात तथा बिक्रीवितरण निषेध गर्‍यो। सुरुमा यो कानुनको त्यहाँका जनताले स्वागत गरे। तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो ठूलो मात्रामा अवैध मदिरा कारोबार भइरहे। युवालाई आकर्षण गर्न मदिरा उत्पादक तथा बिक्रेताहरूले निःशुल्क खाना, जुवा, वेश्यावृत्ति र अन्य अनैतिक गतिविधिसमेत गर्न थाले। त्यसकारण सन् १९३३ मा मदिरामा लगाइएको प्रतिबन्ध संविधानको एक्काईसौं संशोधनमार्फत् फुकुवा गरियो। नेपालमा पनि पछिल्लो समय बढ्दो हिंसा र अपराधका कारण मदिरा भन्दै गृहमन्त्री रामबहादुर थापाले देशव्यापी रूपमा मदिरा नियन्त्रणका लागि निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री गर्न पाउने व्यवस्थासहितको कार्ययोजना ल्याउने बताएका छन्। यो पक्कै पनि स्वागतयोग्य छ। प्रायः मुस्लिम बाहुल्य देशमा मदिरानिषेध छ।

मदिरा बिक्रीवितरणमा पूरै निषेध गर्न सकिन्न, तर यसलाई नियन्त्रण गर्न सकिन्छ। बाजुराको गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवन गर्न मन लागे गाउँपालिका कार्यालयलाई जानकारी हुनैपर्ने गरी कानुन बनाइएको छ। गाउँपालिकाले गत असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ लागू गरेपछि साउनदेखि मदिरा सेवन परिचयपत्र जारी गरेको छ। यस्तै कानुन देशभर नै लागू गर्ने हो भने मदिरा सेवनका कारण भइपरी आउने समस्या कम हुन सक्छ।

दसैं र तिहार नजिकिँदै छ। चाडपर्वका नाममा मदिराको बिक्री-वितरण र प्रयोगकर्ताको संख्या वृद्धि हुन्छ। अर्कोतर्फ विश्व अर्थतन्त्रको ठूलो हिस्सा हतियार र मदिरा व्यापारले धानेका छन्। नेपालमा पनि कतिपयले मदिरा उत्पादन गरी दैनिकी चलाएका छन्। यसरी उत्पादन हुने मदिरामा शुद्धता र वैज्ञानिक परीक्षणको कानुन ल्याइनु जरुरी छ। जसले विषाक्त मदिराका कारण मानिसको मृत्यु नहोस्। मदिरा सेवनका कारण हुने अपराध पनि नियन्त्रण होस्।

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन : मन्त्री गुरुङ

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै...

वि.सं.२०८१ पुस १ सोमवार १५:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्  : सभामुख घिमिरे

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन...

वि.सं.२०८१ असोज २ बुधवार १३:१७

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...