Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारीलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाउने तयारी

 

आफ्नो पक्षले मुद्दा हारेपछि इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसाद अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरेको छ। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

उच्च अदालत पाटनका इजलास अधिकृत रोशन बस्नेतमाथि ज्यान लिने उदेश्यले कुर्सी हानेको तथा इजलास तोडफोड गरेको अभियोगमा अधिकारी पक्राउ परेका थिए। अधिकारीलाई असोज ७ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले अदालतको पत्राचार अनुसार ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।

उच्च अदालत पाटनमा बिन्दु धतानी सुनार वादी रहेको मुद्दामा अधिकारी वारेस थिए। अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि बिन्दुले मुद्दा हारेकी थिइन्। मुद्दा हारेपछि वारेस बसेका अधिकारीले इजलास तोडफोड गरेका थिए। कम्युटर, दराज तोडफोडसँगै उनले इजलास अधिकृत बस्नेतमाथि कुर्सी प्रहार गरेका थिए।

अधिकारी गोरखा फुजेल हत्याकान्डका दोषीलाई कारबाहीको माग गर्दै लामो समय अनशन बसेकी गंगामाया अधिकारीका छोरा हुन्।

यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत साउन २० गते बेपत्ता रहेका नुरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामाया अनशनरत रहेके स्थल वीर अस्पतालमा पुर्यासएको थियो। भाई कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको चितवन जिल्ला अदालतनमा सुनुवाइ हुँदा पनि जाहेरवाला रहेका उनी अनुपस्थित थिए। जाहेरवाला अनुपस्थित भएकै कारण देखाएर अदालतले आरोपितलाई सफाई दिएको थियो।

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन : मन्त्री गुरुङ

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै...

वि.सं.२०८१ पुस १ सोमवार १५:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्  : सभामुख घिमिरे

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन...

वि.सं.२०८१ असोज २ बुधवार १३:१७

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...