CG Electronics
IME Life
NIMB

चिनियाँ अभिनेत्रीलाई किन गरियो १३ करोड अमेरिकी डलर चार्ज ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

चिनियाँ चर्चित एक अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो।

चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम जरिवाना भएको थिएन्।

समयमै जरिवाना तिरे फौजदारी अभियोग खेप्नु नपर्ने आदेश भएको चिनियाँ समाचार संस्था हिन्हुआलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

करछली मुद्दामा तानिएकी अभिनेत्रीको पारिश्रमिकको विषयमा त्यहाँको सरकारी समितिले छानबिन गरेको थियो। चिनियाँ कलाकारले वास्तविक सम्झौता एउटा गर्ने र देखिने गरी अर्कै सम्झौता गर्ने गरेको खुलासा भएपछि सरकारी पक्षबाटै अनुसन्धानका लागि समिति गठन भएको थियो।

‘एक्स–मेन’, ‘आइरन म्यान’ जस्ता चलचित्रबाट चर्चित बनेकी नायिका फान एक महिनाअघिदेखि बेपत्ता जस्तै रहेको समाचारमा उल्लेख गरिएको छ। उनी कहाँ छिन् भन्ने विषयको वास्तविकता सार्वजनिक हुन सकेको छैन।

यद्यपी अदालतले करछली मुद्दामा करोडौ डलर जरिवाना गरेपछि उनले चिनियाँ सामाजिक सञ्जाल बेइबोमा क्षमायाचना गरेकी छन्। ‘म पीडाबाट गुज्रिरहेकी छु’, उनले लेखेकी छिन्, ‘मैले जे गरे त्यसका लागि लज्जित छु। सबैसँग क्षमायाचना गर्छु।’

उनले करछली मुद्दामा अदालतले गरेको फैसला र दण्ड जरिवानालाई स्वीकार गर्दै कानुनको पालना गर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालबाटै आफूले अब कर र जरिवाना तिर्ने प्रतिवद्धता जनाएकी हुन्।

चीनमा भ्रष्टाचार मुद्दामा मुछिएकी अभिनेत्री फान प्रतिभाशाली कलाकारमा पर्छिन्। गतवर्षमात्र फोब्र्स म्यागजिनले उनको वार्षिक आम्दानी ३० करोड युयान रहेको सूची सार्वजनिक गरेको थियो।  सर्वाधिक कमाउने चिनियाँ कलाकारको शीर्ष सूचीमा उनको नाम सुरक्षित छ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...