Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

चिनियाँ अभिनेत्रीलाई किन गरियो १३ करोड अमेरिकी डलर चार्ज ?

चिनियाँ चर्चित एक अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो।

चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम जरिवाना भएको थिएन्।

समयमै जरिवाना तिरे फौजदारी अभियोग खेप्नु नपर्ने आदेश भएको चिनियाँ समाचार संस्था हिन्हुआलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

करछली मुद्दामा तानिएकी अभिनेत्रीको पारिश्रमिकको विषयमा त्यहाँको सरकारी समितिले छानबिन गरेको थियो। चिनियाँ कलाकारले वास्तविक सम्झौता एउटा गर्ने र देखिने गरी अर्कै सम्झौता गर्ने गरेको खुलासा भएपछि सरकारी पक्षबाटै अनुसन्धानका लागि समिति गठन भएको थियो।

‘एक्स–मेन’, ‘आइरन म्यान’ जस्ता चलचित्रबाट चर्चित बनेकी नायिका फान एक महिनाअघिदेखि बेपत्ता जस्तै रहेको समाचारमा उल्लेख गरिएको छ। उनी कहाँ छिन् भन्ने विषयको वास्तविकता सार्वजनिक हुन सकेको छैन।

यद्यपी अदालतले करछली मुद्दामा करोडौ डलर जरिवाना गरेपछि उनले चिनियाँ सामाजिक सञ्जाल बेइबोमा क्षमायाचना गरेकी छन्। ‘म पीडाबाट गुज्रिरहेकी छु’, उनले लेखेकी छिन्, ‘मैले जे गरे त्यसका लागि लज्जित छु। सबैसँग क्षमायाचना गर्छु।’

उनले करछली मुद्दामा अदालतले गरेको फैसला र दण्ड जरिवानालाई स्वीकार गर्दै कानुनको पालना गर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालबाटै आफूले अब कर र जरिवाना तिर्ने प्रतिवद्धता जनाएकी हुन्।

चीनमा भ्रष्टाचार मुद्दामा मुछिएकी अभिनेत्री फान प्रतिभाशाली कलाकारमा पर्छिन्। गतवर्षमात्र फोब्र्स म्यागजिनले उनको वार्षिक आम्दानी ३० करोड युयान रहेको सूची सार्वजनिक गरेको थियो।  सर्वाधिक कमाउने चिनियाँ कलाकारको शीर्ष सूचीमा उनको नाम सुरक्षित छ।

पाकिस्तान-नेपाल संसदीय मैत्री समूहसँग राजदूत हाश्मीको भेटवार्ता

पाकिस्तान-नेपाल संसदीय मैत्री समूहसँग राजदूत हाश्मीको भेटवार्ता

वि.सं.२०८२ असार ५ बिहीवार २२:२४

काठमाडौं। नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच. हाश्मीले आज...

पाकिस्तानले इजरायलमाथि परमाणु आक्रमण गर्ने भन्ने झूटा समाचारप्रति डारको कडा खण्डन

पाकिस्तानले इजरायलमाथि परमाणु आक्रमण गर्ने भन्ने झूटा...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:४०

  इस्लामाबाद, पाकिस्तान — पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले...

२०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

२०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले...

वि.सं.२०८२ जेठ ३१ शनिवार १३:१५

  काठमाडौं । सन् २०२५ मा विभिन्न खाद्य बस्तुहरुको मूल्य...

दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न

दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय...

वि.सं.२०८२ जेठ ३० शुक्रवार ०८:४१

  काठमाडौं । दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४दिने...

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

वि.सं.२०८२ जेठ २६ सोमवार २२:४८

  काठमाडौँ । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट...

११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन लगानी सहजीकरण र औपचारिकीकरणमा भएको प्रगति प्रस्तुत

११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको...

वि.सं.२०८२ जेठ २६ सोमवार २०:३७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...