IME Life
NIMB

निदर्यी छोरा : जसले बुवालाई झाडीमा जिउँदै फालेर ज्यान लिए

NIMB
Himalayan Bank

जनकपुरधाम : धनुषामा छोराले बुवालाई झाडीमा फालेर ज्यान लिएको घटना सार्वजनिक भएको छ । नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले झाडीमा फालेर करिब ७० वर्षीय बुवा रामचन्द्र महतोको ज्यान लिएका हुन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार रामचन्द्रका करिब ४÷५ छोरा छन् । एक छोराले मोटरसाइकलमा राखेर ६ दिन अगाडि नै घरबाट करिब ३५ किलोमिटर दुरीमा पर्ने बेलाचापीस्थित झाडीमा छाडेका थिए ।

एकछिनमा आउँछु भनेको छोरो फर्केर आएन । त्यसपछि स्थानीयले खुवाउन थाले, कोही चाउचाउ ल्याएर दिन्थे, त कोही विस्कुट । तर बुधवार बिहान अचानक उनको मृत्यु भएको छ ।

मृतक महतोको दाहिने हातमा घाउ देखिएको प्रहरी निरीक्षक कुशवाहाले बताए । उनको मृत्यु भएपछि फुलगामा चौकीसँग सहकार्य गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘बुवालाई झाडीमा फाल्ने छोरो कुन् हो अहिले पत्ता लागेका छैन, अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘पहिचान खुल्ने वितिकै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रहरीका अनुसार भोक र पानीले उनी दिनरात छट्पटाउने गर्थे । खान नपाएर महतोको मृत्यु भएको अनुमान गरिएको छ । खाना अभावमा उनको शरीर सुकिसकेको देखिन्छ ।  उनको दाहिने हातमा घाउसमेत देखिएको छ ।

स्थानीयका अनुसार महतो लामो समयदेखि बिरामी थिए । उपचार गराउनुको साटो झाडीमा लगेर जन्म दिने बुवाको ज्यान लिएर छोराले अपराध गरेकाले कडा कारबाही गर्न स्थानीयले माग छ । मृतक महतोको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...