IME Life
NIMB

फेक अपहरण काण्डले दिनभरी तनावमा प्रहरी

NIMB
Himalayan Bank

मंगलवार दिउँसो २ बजे । महानगरीय प्रहरी परिसर काठमाडौंको कन्ट्रोलमा एउटा सूचना आयो– गोठाटार क्षेत्रबाट एक बालक अपहरणमा परे ।

बालक अपहरणको सूचना आएपछि ५ मिनेटको अन्तरालमा करीब एक सयको संख्यामा प्रहरी परिचालन भयो ।

महानगरीय प्रहरी परिसार काठमाडौं, अपराध महाशाखा, प्रहरी प्रभाग काँडाघारी, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त गौशाला, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी परिसर भक्तपुरबाट समेत प्रहरीको छुट्टा–छुट्टै टोली परिचालन भयो ।

प्रहरीको टोली घटनास्थल भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वतर्फको तेजविनायक चोक पुग्यो । ठाउँ–ठाउँमा नाकाबन्दी गरेर चेकजाँच पनि हुनथाल्यो ।

घटनास्थलको सीसीटीभी फुटेज समेत अध्ययन गरियो । अपहरणमा परेको भनिएका बालकको पहिचान खोज्न स्थानीयसँग सूचना पनि संकलन थालियो । तर कसैले पनि आफ्नो बच्चा हराएको भन्दै प्रहरीलाई सूचना दिएन ।

खोजी शुरू गरिएको करीब २ घण्टासम्म पनि अपहरणमा परेको भनिएको बच्चाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि प्रहरीले कन्ट्रोल रुममा फोन गर्ने व्यक्तिको खोजी गर्‍यो ।

बालक अपहरणमा परेको भन्दै प्रहरीलाई फोन गर्ने व्यक्ति गोठाटारमै बस्ने स्थानीय रहेछन् । तर उनले आफूले बालकको अपरण भएको देखेका रहेनछन् ।

आफूलाई एकजना गाउँलेले बालक अपहरण भएको कुरा सुनाएपछि प्रहरीलाई खबर गरेको उनको जवाफ आयो । त्यसपछि प्रहरीले उनलाई सूचना दिने व्यक्तिको खोजी गर्‍यो ।

ती व्यक्तिले पनि आफूले बच्चा अपहरण भएको नदेखेको बताए । तर पसलमा हल्ला सुनेको प्रहरीलाई जानकारी दिए ।

प्रहरीले पसलमा सोधपुछ गर्‍यो । त्यसपछि पत्ता लाग्यो, एक ७० वर्षीया वृद्धाले बालकलाई २ जनाले गाडीमा हालेर लग्दै गरेको देखेकी रहिछन् । बालकलाई गाडीमा लग्दै गरेको देखेपछि उनलाई कसैले अपहरण पो गरेका हुन् कि भन्ने लागेछ । त्यसपछि उनले पसलमा भएका अन्य व्यक्तिसँग सुनाइन् ।

७० वर्षीया वृद्धाको कुरा सुनेपछि एक कान, दुई कान हुँदै बालक अपहरण भएको हल्ला नै चल्यो ।

वृद्धाको भ्रमले प्रहरीलाई तनाव

गत साउन २० गते (आइतवार) मात्रै काठमाडौंको काँडाघारी क्षेत्रबाट ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो ।

निशानको सकुशल उद्दार गर्न नसकेको भन्दै प्रहरीको आलोचना पनि भयो । निशानको अपहरणमा संलग्नलाई कोठाबाट समातेर जंगलमा लगेर गोली हानी मारेर दोहरो मुठभेड भएको भनेपछि अहिले पनि आलोचना भइरहेको छ ।

यस्तो अवस्थामा बुधवार पनि काँडाघारी–गोठाटार क्षेत्रबाट बालकको अपहरण भएपछि तत्काल खोजीका लागि प्रहरी परिचालन भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहका अनुसार बुधवार अपहरणमा परेका भनिएको बालकको खोजीका लागि ५ मिनेटमै १०० को संख्यामा प्रहरी परिचालन भएका थिए ।

प्रहरीले काठमाडौं–भक्तपुर–ललितपुरका मुख्य नाकामा कडा चेकजाँच पनि गर्‍यो । तर अन्तिममा बालक अपहरणको वास्तविकता ७० वर्षीया वृद्धाको भ्रम मात्रै रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

‘कोही आफन्तले बच्चा समातेर गाडीमा हालेको लगेर देख्दा ७० वर्षीया वृद्धालाई अपहरण गरेर लगे कि भन्ने भ्रम परेजस्तो देखियो,’ एसपी सिंहले लोकान्तरसँग भने, ‘वास्तवमै बालकको अपहरण भएको भए हामीलाई अहिलेसम्म कसै न कसैले बालक अपहरण भएको भनेर पृष्टि हुने खालको सूचना दिन्थे होला ।’

यद्यपि अहिले पनि उक्त प्रकरणमा छानबिन चलिरहेको सिंहको भनाइ छ ।

यस्तो थियो समाचार

काठमाडौँमा दिउँसै अपहरणमा परे ७ वर्षे बालक, अपहरणकारी अझै भेटिएन

काठमाडौँ  । काठमाडौँको गोठाटारबाट ७ वर्षे बालक अपहरणमा परेका छन् ।

अपहरणमा परेका बालकले चेक सर्ट र प्यान्ट लगाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्तर–पूर्वको तेजविनायक चोकबाट उनी बुधबार अपहरणमा परेका हुन् ।

 

उनलाई तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ । बालकलाई लैजाने गाडी खैरो रङको भएको प्रहरीले जनाएको छ ।

 

बालकको खोजीका लागि महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रहरी परिचालन गरेको छ । प्रहरीले ठाँउ–ठाँउमा नाकाबन्दी गरेर बालकको खोजी गरिरहेको  छ।

 

बच्चाको खोजीको लागि अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको टोली काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रहरी परिचालन गरेको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी, बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई र बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले अहिले घटनास्थल पुगेका छन्।

 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...