CG Electronics
IME Life
Ncell NPL

दलालले दैनिक ५० भन्दा बढी युवतीलाई भारत पुर्‍याउने गरेको खुलासा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

भारतको दिल्लीमा ब्युटी पार्लर र मसाज सेन्टरको धन्दा चलाइरहेका दलालले दैनिक ५० भन्दा बढी युवतीलाई तस्करी गरेर भारत पुर्‍याउने गरेको खुलासा भएको छ ।

 

तस्करले वैदेशिक रोजगारमा जान चाहने युवतीको पहिचान गरी उनीहरुको तस्बिर संकलन गरी यूएई पठाउने र त्यसैको आधारमा दिल्ली बोलाउने गरिएको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले उल्लेख गरिएको छ ।

तस्करीमार्फत यसरी भारत पुर्‍याइएका नेपली युवतीहरु दलालमार्फत खाडी मुलुक पठाइने गरेको स्रोतको दाबी छ ।

 

२०७२ बैशाखमा आएको भूकम्पपछि तस्करी गरेर भारत पुर्‍याइने महिलाको संख्या अत्याधिक बढेको मानव अधिकारकर्मी संस्था तथा प्रहरीको रिपोर्टले पुष्टि गरेको छ । पछिल्लो रिपोर्टअनुसार भारतमा युवती तस्करीको ट्रान्जिट केन्द्र बनेकोमा दिल्ली प्रहरीले पनि चिन्ता व्यक्त गरेको छ ।

 

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती जयहिन्दका अनुसार उनको टिमले सन २०१५ देखि अहिलेसम्म पाँच सय ३५ रेस्क्यू अप्रेसन चलाएको र ६० भन्दा बढी नेपालबाट तस्करी गरेर पुर्‍याइएकी युवतीको उद्दार गरेको छ ।

 

नेपाल सीमाका सरक्षाकर्मीका अनुसार तस्करले जागिर लगाई दिने भन्दै वैधानिक तवरले नै विदेश पुर्‍याउने आश्वासन दिने गरेका हुन्छन् । यही झुटो आश्वासनको भरमा उनीहरुले सयौँ नेपाली युवतीलाई खाडी मुलुकमा लगेर बेच्ने गरेका छन् ।

 

तस्करले युवतीलाई कुनै पनि सूचना बाहिर नचुहिने गरेर प्रभावित बनाएका हुन्छन् । जसका कारण युवती पक्राउ परेपछि र सीमानामा चेक जाँच गर्दा कुनै कुरा सजिलै खोल्न मान्दैनन् ।

 

सीमाका सुरक्षा अधिकारीका अनुसार ‘उनीहरुले तस्करको बारेमा त परैको कुरा हो, आफ्नै बारेमा पनि बताउँदैनन् । उनीहरु कहाँ जान लागेका हुन् रु किन देश छाडेर जान लागेका हुन् रु उनीहरुलाई कसले मद्दत गरिरहेको छ रु तस्करले उनीहरुसँग के सहमती गरेका छन् रु केही पनि युवतीले खुलाउन चाहदैनन् ।’

 

नेपाल–भारत सीमा वारपार गर्न कुनै वैधानिक सरकारी कागज आवश्यक नपर्ने भएकाले तस्करलाई सजिलो भएको छ । भारतीय प्रहरीले यसमा नेपाल पक्षका सुरक्षाकर्मीलाई जिम्मेवार रहेको बताउने गरेका छन् ।

 

रिर्पोटका अनुसार तस्करले युवती भारत पुग्नु पूर्व नै उनीहरुको पासपोर्ट कब्जामा लिएका हुन्छन् र भारतबाट खाडीका लागि उड्ने बेलामा मात्रै पासपोर्ट दिने गरेका छन् । उनीहरुलाई कहाँ पठाउने भन्ने बारेमा दिल्ली पुगेपछि मात्रै निश्चित गरिन्छ ।

 

तस्करले महिलालाई दिल्ली पुर्‍याएपछि विभिन्न इलाकामा बन्धक बनाएर राख्ने गरेका छन् । पहाडगञ्ज, लक्ष्मीनगर, गोविन्दपुर तथा पश्चिमी दिल्लीका विभिन्न ग्रामीण इलाकामा लगेर राखिन्छन् । युवतीलाई यी क्षेत्रमा बन्धक बनाएपछि भिसाका लागि प्रक्रिया सुरु गरिने आतजतका रिपोर्टमा उल्लेख गरिएको छ ।

 

रिपोर्टका अनुसार दिल्लीमा ब्युटी पार्लर र मसाज सेन्टर चलाउने नेपाली यो धन्दामा धेरै सक्रिय छन् । तस्करी गर्ने क्षेत्रमा प्रहरीले छापा मार्दा उनीहरुले कस्मेटिक व्यापारको आडमा वैधानिक भएको प्रमाण देखाउने गरेको दिल्ली प्रहरीले बताएको छ ।

 

पक्राउ परेका एक तस्करका अनुसार बेचिएका नेपाली युवती खाडी पुर्‍याएपछि के गरिन्छ रु कहाँ लगिन्छ रु भन्ने उनीहरुले पनि जानकारी राख्ने गरेका छैनन् । पुलिसका अनुसार ओमान, मलेसिया, किर्गिस्तान, यूएई, कतार, कुवेत, साउदी, सिरिया र लेबनानमा लगेर बेचिने गरेका छन् ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...