Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

दलालले दैनिक ५० भन्दा बढी युवतीलाई भारत पुर्‍याउने गरेको खुलासा

 

भारतको दिल्लीमा ब्युटी पार्लर र मसाज सेन्टरको धन्दा चलाइरहेका दलालले दैनिक ५० भन्दा बढी युवतीलाई तस्करी गरेर भारत पुर्‍याउने गरेको खुलासा भएको छ ।

 

तस्करले वैदेशिक रोजगारमा जान चाहने युवतीको पहिचान गरी उनीहरुको तस्बिर संकलन गरी यूएई पठाउने र त्यसैको आधारमा दिल्ली बोलाउने गरिएको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले उल्लेख गरिएको छ ।

तस्करीमार्फत यसरी भारत पुर्‍याइएका नेपली युवतीहरु दलालमार्फत खाडी मुलुक पठाइने गरेको स्रोतको दाबी छ ।

 

२०७२ बैशाखमा आएको भूकम्पपछि तस्करी गरेर भारत पुर्‍याइने महिलाको संख्या अत्याधिक बढेको मानव अधिकारकर्मी संस्था तथा प्रहरीको रिपोर्टले पुष्टि गरेको छ । पछिल्लो रिपोर्टअनुसार भारतमा युवती तस्करीको ट्रान्जिट केन्द्र बनेकोमा दिल्ली प्रहरीले पनि चिन्ता व्यक्त गरेको छ ।

 

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती जयहिन्दका अनुसार उनको टिमले सन २०१५ देखि अहिलेसम्म पाँच सय ३५ रेस्क्यू अप्रेसन चलाएको र ६० भन्दा बढी नेपालबाट तस्करी गरेर पुर्‍याइएकी युवतीको उद्दार गरेको छ ।

 

नेपाल सीमाका सरक्षाकर्मीका अनुसार तस्करले जागिर लगाई दिने भन्दै वैधानिक तवरले नै विदेश पुर्‍याउने आश्वासन दिने गरेका हुन्छन् । यही झुटो आश्वासनको भरमा उनीहरुले सयौँ नेपाली युवतीलाई खाडी मुलुकमा लगेर बेच्ने गरेका छन् ।

 

तस्करले युवतीलाई कुनै पनि सूचना बाहिर नचुहिने गरेर प्रभावित बनाएका हुन्छन् । जसका कारण युवती पक्राउ परेपछि र सीमानामा चेक जाँच गर्दा कुनै कुरा सजिलै खोल्न मान्दैनन् ।

 

सीमाका सुरक्षा अधिकारीका अनुसार ‘उनीहरुले तस्करको बारेमा त परैको कुरा हो, आफ्नै बारेमा पनि बताउँदैनन् । उनीहरु कहाँ जान लागेका हुन् रु किन देश छाडेर जान लागेका हुन् रु उनीहरुलाई कसले मद्दत गरिरहेको छ रु तस्करले उनीहरुसँग के सहमती गरेका छन् रु केही पनि युवतीले खुलाउन चाहदैनन् ।’

 

नेपाल–भारत सीमा वारपार गर्न कुनै वैधानिक सरकारी कागज आवश्यक नपर्ने भएकाले तस्करलाई सजिलो भएको छ । भारतीय प्रहरीले यसमा नेपाल पक्षका सुरक्षाकर्मीलाई जिम्मेवार रहेको बताउने गरेका छन् ।

 

रिर्पोटका अनुसार तस्करले युवती भारत पुग्नु पूर्व नै उनीहरुको पासपोर्ट कब्जामा लिएका हुन्छन् र भारतबाट खाडीका लागि उड्ने बेलामा मात्रै पासपोर्ट दिने गरेका छन् । उनीहरुलाई कहाँ पठाउने भन्ने बारेमा दिल्ली पुगेपछि मात्रै निश्चित गरिन्छ ।

 

तस्करले महिलालाई दिल्ली पुर्‍याएपछि विभिन्न इलाकामा बन्धक बनाएर राख्ने गरेका छन् । पहाडगञ्ज, लक्ष्मीनगर, गोविन्दपुर तथा पश्चिमी दिल्लीका विभिन्न ग्रामीण इलाकामा लगेर राखिन्छन् । युवतीलाई यी क्षेत्रमा बन्धक बनाएपछि भिसाका लागि प्रक्रिया सुरु गरिने आतजतका रिपोर्टमा उल्लेख गरिएको छ ।

 

रिपोर्टका अनुसार दिल्लीमा ब्युटी पार्लर र मसाज सेन्टर चलाउने नेपाली यो धन्दामा धेरै सक्रिय छन् । तस्करी गर्ने क्षेत्रमा प्रहरीले छापा मार्दा उनीहरुले कस्मेटिक व्यापारको आडमा वैधानिक भएको प्रमाण देखाउने गरेको दिल्ली प्रहरीले बताएको छ ।

 

पक्राउ परेका एक तस्करका अनुसार बेचिएका नेपाली युवती खाडी पुर्‍याएपछि के गरिन्छ रु कहाँ लगिन्छ रु भन्ने उनीहरुले पनि जानकारी राख्ने गरेका छैनन् । पुलिसका अनुसार ओमान, मलेसिया, किर्गिस्तान, यूएई, कतार, कुवेत, साउदी, सिरिया र लेबनानमा लगेर बेचिने गरेका छन् ।

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन : मन्त्री गुरुङ

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै...

वि.सं.२०८१ पुस १ सोमवार १५:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्  : सभामुख घिमिरे

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन...

वि.सं.२०८१ असोज २ बुधवार १३:१७

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...