Global IME Bank Limited
Everest Bank
Nmb bank

बामदेवका कारण नेकपामा तिब्र असन्तुष्टि, पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौं– नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद् छिर्न खोज्दै छन् । यसका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धर सिट छाड्न तयार भइसके ।

पार्टी नेतृत्व भने गौतमसँग असन्तुष्ट देखिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे बोलेका छैनन् ।

गौतमका पक्षमा रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरे । मानन्धरले ‘स्वीकृति पत्र’ अध्यक्ष दाहाललाई नै बुझाएका थिए । उनको पत्र सोमबार सचिवालय बैठकमा पढेर सुनाइएको थियो । मंगलबार उनले पत्रकार सम्मेलन गरी गौतमका लागि पद त्याग्न तयार रहेको घोषणा गरे ।

मानन्धरको घोषणासँगै गौतमको इच्छामा शीर्ष नेतृत्व आश्चर्यमा परेको एक नेताले बताए । ‘कहीँकतै छलफल नभई एक्कासि मानन्धरले पत्रकार सम्मेलन गरेको देख्दा अचम्भित छौं’, स्थायी समितिका ओलीनिकट एक नेताले भने, ‘यति ठूलो निर्णय पार्टीले औपचारिक रूपमा गर्नुपथ्र्याे ।’

मानन्धरको राजीनामा घोषणा र गौतमको उम्मेदवारीबारे नेकपाले कुनै आधिकारिक निर्णय लिइसकेको छैन । गौतमले पनि काठमाडौं ७ मा उपनिर्वाचन लड्ने÷नलड्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सामाजिक सन्जाल फेसबुकमा रामवीरप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईंले गरेको त्यागप्रति उँचो राख्न र तपाईंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधै सँगै रहन्छौं’, फेसबुकमा उनले भनेका छन्।

सचिवालयभित्र अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल गौतमलाई उपचुनावमार्फत सांसद बनाउने पक्षमा छन् । दाहाल गौतमलाई नचिढाउन मात्रै उनको पक्षमा उभिएको स्रोत बताउँछ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता ईश्वर पोखरेल भने विपक्षमा छन् । पोखरेलले सामाजिक सञ्जालमै सांकेतिक विरोध जनाएका छन् । श्रेष्ठ भने बोलिसकेका छैनन् । रामबहादुर थापा पक्षरविपक्ष नदेखिने मनस्थितिमा छन् । वरिष्ठ नेता माधव नेपाल पार्टीले निर्णय गरे गौतमलाई असहयोग गर्ने पक्षमा छैनन् । वरिष्ठ नेता झलनाथ खनाल केही बोलेका छैनन् । मानन्धरको स्वीकृतिपत्र ‘सरप्राइज’का रूपमा आएको भन्दै नेकपाभित्रको पूर्वएमाले समूह सशंकित देखिएको छ ।

स्थायी समिति सदस्य भीम रावल खुलेर विपक्षमा देखिएका छन्। उनले पार्टी जीवनमा दीर्घकालीन महत् राख्ने निर्णयमा आन्तरिक छलफल हुनुपर्नेमा निहित स्वार्थमा प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्ष दाहालले भने पार्टीभित्र छलफल बाँकी रहेको बताए । सचिवालय सदस्य पोखरेलले फेसबुकबाटै सांकेतिक असन्तुष्टि व्यक्त गरेका छन् ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

भ्रष्टाचार अभियोगमा सहन्यायाधिवक्ता पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख घुस लिइरहेको अवस्थामा आयोगको टोलीले बुधबार निजकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

थापा समातिँदा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे नयाँ निर्माण हुन् थालेको अख्तियार भवन शिलान्याशका क्रममा पोखरामै थिए । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

गलत रिपोर्ट दिने दुई डाक्टरलाई बिरामी जाँचमा रोक
नेपाल मेडिकल काउन्सिलले गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही गरेको छ । काउन्सिलले जनकपुर अञ्चल अस्पतालका डा.रम्भा गोइत र डा.विजयकुमार सिंहलाई अर्को निर्णय नभएसम्मका लागि व्यावसायिक प्रमाणपत्र निलम्बनसँगै बिरामी जाँचमा रोक लगाएको छ ।

डाक्टरद्वय गोइत र सिंहले बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरी चिकित्सकीय गतिविधिबाट बञ्चित गराएको काउन्सिलले जनाएको छ । ती दुवै चिकित्सकले बिरामी जाँच्ने काम गरे नयाँ मुलुकी संहिताको फौजदारी कानुनअनुसार कारबाही हुन सक्ने छ ।

नेताहरुको चेतावनी पछि कांग्रेस बैठक अनिश्चितकालका लागि स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गते बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने  चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।

यद्यपी कांग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन । यसअघि आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

दुई पानी उद्योगको उत्पादन बन्द 
मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ । बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन बन्द गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

संसदीय समितिको निर्देशन 
संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिइन् । सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन् ।

एएफसी यु–१९ छनोट प्रतियोगिता 
एएफसी उन्नाइस वर्षमुनि (यू–१९) छनोट प्रतियोगिताको लागि नेपाली महिला फुटबल टोली थाइल्याण्ड जाने भएको छ । आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक ७ गते आयोजक थाइल्याण्डसँग खेल्दै छनोट प्रतियोगताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल कात्तिक ९ गते भारतसँग खेल्नेछ भने समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रोचरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते थाइल्याण्ड जानेछ ।

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे : अमरेश कुमार

सार्वजनिक जग्गा सरकारका मान्छेले कब्जा गरे :...

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५४

  काठमार्डौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी...

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

वि.सं.२०८० फागुन १२ शनिवार ०७:४८

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी...

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

वि.सं.२०८० फागुन १२ शनिवार ०७:३६

विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९...

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...