CG Electronics
IME Life
NIMB

कतार र युएईले नेपालबाटै निःशुल्क कामदार लैजाने, कार्यालय काठमाडौमा रहने

NIMB
Himalayan Bank

 

नेपाली श्रमिक आपूर्ति गर्दै आएका दुई वटा खाडी राष्ट्र कतार र युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालमा नै कार्यालय खोलेर कामदार लैजाने भएका छन्। यसरी आपूर्ति गरिने कामदारका सबै प्रक्रिया निशुल्क र सरकारीस्तरमा नै हुने बताईको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाका लागि सरकारीस्तरमै श्रम समझदारी (एमओयु) गरेर मात्र श्रमिक आपूर्ति गर्न जोड दिँदै आएको छ।

 

श्रममन्त्री गोर्कण विष्टले नेपाली श्रमिक आपूर्ति गदै आएका देशका कुटनीतिक नियोगका प्रतिनिधिसँग यस विषयमा छलफल गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

 

गत साता नेपालका लागि युएईका राजदूत सईद हमदम अल नाक्वीसँगको भेटमा मन्त्री विष्टले युएईमा कार्यरत नेपालीका लागि २४ घन्टे बीमा, करारबमोजिम नै न्यूनतम तलबसहित अन्य सुविधा दिन आग्रह गरेका थिए। मन्त्रीसँगको भेटमा राजदूत नाक्वीले युएई सरकारले नेपाली कामदार सरकारीस्तरबाटै लैजान चाहेको धारणा व्यक्त गरेको मन्त्रालयले जानकारी दिएको छ।

 

निश्चित मापदण्ड निर्धारण गरेर सरकारीस्तरमै फ्रि–भिसा र फ्रि–टिकटमा कामदार आपूर्ति गर्ने मन्त्री विष्टको आग्रहलाई राजदूत नाक्वीले सकारात्मक रुपमा लिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

 

नेपालको मागमा युएई सरकार सकारात्मक हुने भन्दै राजदूत नाक्वीले दुई देशबीचको सम्बन्धलाई उदाहरणीय बनाउन दुबै देशका सरकारको प्रयास रहनुपर्ने धारणा मन्त्री विष्टसँग राखेका थिए।

 

नेपालमै श्रम सम्बन्धी कार्यालय स्थापना गरेर कामदार आपूर्ति गर्ने पक्षमा युएई सरकार रहेको र नेपाल सरकारले तीन वर्षअघि लागू गरेको फ्रि–भिसा र फ्रि–टिकट प्रणालीमा नै श्रमिक लिने पक्षमा रहेको नाक्वीले आशय व्यक्त गरेको मन्त्रालयले बताएको छ।

 

यसैगरी, कतारले पनि नेपालमै श्रम कार्यालय खोलेर सरकारीस्तरबाट वार्षिक १ लाख श्रमिक आपूर्ति गर्ने भएको छ। कतारका सरकारी प्रतिनिधि र श्रम मन्त्रालयका उच्च अधिकारबीच यस विषयमा छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।

 

नेपाली श्रमिकको सेवा, सुविधा तथा सुरक्षाका विषयमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टबीच निरन्तर छलफल भइरहेको पनि श्रम मन्त्रालयले जनाएको छ।

 

कतारसँग कामदार आपूर्तिका लागि यसअघि नै श्रम सम्झौता भइसकेको छ। तर, उक्त श्रम सम्झौता पुनः परिर्माजन गरी सरकारी स्तरबाट कामदार पठाउने पक्षमा नेपाल सरकार रहेको श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिएका छन्।

 

कतार सरकारले नेपालबाट सरकारी स्तरमा ‘बायोमेट्रिकल एग्रिमेन्ट’ गरी कामदार लिन इच्छा देखाएको सचिव दाहालको भनाइ छ।

 

सरकारी स्तरबाट कामदार आपूर्ति गर्न नेपालमा तालिम केन्द्र र श्रम कार्यालय खोल्न कतारले चासो देखाएको छ’ उनले भनेर्, कतारमा वार्षिक एक लाख कामदार आपूर्ति गर्ने खाका र संरचना निर्माणको काम भइरहेको छ।’

 

नेपालले कतार जाने श्रमिकको सुरक्षा, २४ घन्टे बीमा र तलब सुविधाका विषयमा अध्ययन गरेर यो विषयमा निर्णय लिने कतार सरकारलाई प्रष्ट्याएको उनले बताए।

 

रोजगारीका लागि कतारमा वार्षिक १ लाखभन्दा धेरै नेपाली कामदार पुग्ने गरेका छन्। भने युएईमा वार्षिक करिब ८० हजार नेपाली रोजगारीमा जाने गरेका छन्।

 

सरकारले मलेसियासँग चाँडै सरकारीस्तरमै श्रम सम्झौता गर्दैछ। अब, वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारले तोकेको संस्थाबाट गर्ने गरी मन्त्रालयले मापदण्ड तयार गरिरहेको छ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...