Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

टिकट वितरणमा एकरुपता ल्याउन कांग्रेसले विधानमै व्यवस्था गर्दै

नेपाली कांग्रेसले आसन्न निर्वाचनदेखि टिकट वितरण व्यवस्थित बनाउने भएको छ ।

निर्वाचनका लागि आकांक्षी बढी हुने र टिकट नपाउनेबाटै पार्टीको आधिकारिक उम्मेद्वारमाथि अन्तरघातको क्रम बढेपछि कांग्रेसले उम्मेद्वार सिफारिस बाटै त्यसमा अंकुश लगाउन लागेको हो ।

 

उम्मेद्वार सिफारिसको अधिकार गाउँ तहसम्मलाई दिने गरी पार्टीको विधान मस्यौदा भईरहेको विधान मस्यौदा समिति सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

 

यसअघिका निर्वाचनमा १०–१२ जना सम्मको नाम सिफारिस भएकाले निर्णय गर्न अप्ठ्यारो परेको तथा एक जना बाहेक अन्य आकांक्षी आधिकारिक उम्मेद्वार हराउन लागेकाले सुरुवातबाटै त्यसलाई व्यवस्थित बनाउने गरी विधान तयार भईरहेको नेता लेखकको भनाई छ ।

 

आश्विन २५, २०७५ – नेपाली कांग्रेसले आसन्न निर्वाचनदेखि टिकट वितरण व्यवस्थित बनाउने भएको छ । निर्वाचनका लागि आकांक्षी बढी हुने र टिकट नपाउनेबाटै पार्टीको आधिकारिक उम्मेद्वारमाथि अन्तरघातको क्रम बढेपछि कांग्रेसले उम्मेद्वार सिफारिस बाटै त्यसमा अंकुश लगाउन लागेको हो ।

 

उम्मेद्वार सिफारिसको अधिकार गाउँ तहसम्मलाई दिने गरी पार्टीको विधान मस्यौदा भईरहेको विधान मस्यौदा समिति सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

 

यसअघिका निर्वाचनमा १०–१२ जना सम्मको नाम सिफारिस भएकाले निर्णय गर्न अप्ठ्यारो परेको तथा एक जना बाहेक अन्य आकांक्षी आधिकारिक उम्मेद्वार हराउन लागेकाले सुरुवातबाटै त्यसलाई व्यवस्थित बनाउने गरी विधान तयार भईरहेको नेता लेखकको भनाई छ ।

 

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा निर्वाचन बाहेक क्षेत्र, नगर, गाउँ लगायत स्थानमा हुने निर्वाचनका लागि उम्मेद्वार छनोटको अधिकार नयाँ विधानबाट सम्बन्धित निकायले पाउने भएका छन् ।

 

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ विधानले बढीमा ३ जनाको मात्र नाम सिफारिस गर्ने गरी बाध्यात्मक व्यवस्था नयाँ विधानमा समेटिदैछ ।

 

आकांक्षी बढी भए सम्बन्धित निकायले निर्वाचनबाटै भएपनि बढीमा तीन जनाको मात्र नाम सिफारिस गर्नु पर्नेछ । यसैबीच कांग्रेसले पदाधिकारीबाहेक केन्द्रिय सदस्य, सांसदलगायतलाई समेत महाधिवेशनमा प्रतिनिधि चुनिएर आउनु पर्ने व्यवस्था नयाँ विधानमा गर्न लागेको छ ।

 

केही सदस्य तथा सांसदहरुको भूमिका प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै कांग्रेसले आगामी महाधिवेशनबाटै सो नियम लागु गर्ने गरी छलफल भइरहेको छ ।

 

सभापतिलाई अधिकार सम्पन्न बनाउने बिषयमा विवाद नरहेपनि पदाधिकारी थप्नेबारे छलफल भइरहेको नेता लेखकले बताउनुभयो ।

 

उपसभापति र एक जना महिला रहनेगरी सहमहामन्त्री थप्ने व्यवस्था गर्ने गरी कांग्रेसको विधान मस्यौदा समितिमा छलफल जारी छ ।

 

आगामी सप्तमीसम्ममा विधानमा मोटामोटी सहमति जुटाउने गरी मस्यौदा समितिको बैठक पछिल्लो समय बसिरहेको छ । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा आज दिउँसो एक बजे पनि बैठक बोलाईएको छ ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...