CG Electronics
IME Life
NIMB

टिकट वितरणमा एकरुपता ल्याउन कांग्रेसले विधानमै व्यवस्था गर्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाली कांग्रेसले आसन्न निर्वाचनदेखि टिकट वितरण व्यवस्थित बनाउने भएको छ ।

निर्वाचनका लागि आकांक्षी बढी हुने र टिकट नपाउनेबाटै पार्टीको आधिकारिक उम्मेद्वारमाथि अन्तरघातको क्रम बढेपछि कांग्रेसले उम्मेद्वार सिफारिस बाटै त्यसमा अंकुश लगाउन लागेको हो ।

 

उम्मेद्वार सिफारिसको अधिकार गाउँ तहसम्मलाई दिने गरी पार्टीको विधान मस्यौदा भईरहेको विधान मस्यौदा समिति सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

 

यसअघिका निर्वाचनमा १०–१२ जना सम्मको नाम सिफारिस भएकाले निर्णय गर्न अप्ठ्यारो परेको तथा एक जना बाहेक अन्य आकांक्षी आधिकारिक उम्मेद्वार हराउन लागेकाले सुरुवातबाटै त्यसलाई व्यवस्थित बनाउने गरी विधान तयार भईरहेको नेता लेखकको भनाई छ ।

 

आश्विन २५, २०७५ – नेपाली कांग्रेसले आसन्न निर्वाचनदेखि टिकट वितरण व्यवस्थित बनाउने भएको छ । निर्वाचनका लागि आकांक्षी बढी हुने र टिकट नपाउनेबाटै पार्टीको आधिकारिक उम्मेद्वारमाथि अन्तरघातको क्रम बढेपछि कांग्रेसले उम्मेद्वार सिफारिस बाटै त्यसमा अंकुश लगाउन लागेको हो ।

 

उम्मेद्वार सिफारिसको अधिकार गाउँ तहसम्मलाई दिने गरी पार्टीको विधान मस्यौदा भईरहेको विधान मस्यौदा समिति सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

 

यसअघिका निर्वाचनमा १०–१२ जना सम्मको नाम सिफारिस भएकाले निर्णय गर्न अप्ठ्यारो परेको तथा एक जना बाहेक अन्य आकांक्षी आधिकारिक उम्मेद्वार हराउन लागेकाले सुरुवातबाटै त्यसलाई व्यवस्थित बनाउने गरी विधान तयार भईरहेको नेता लेखकको भनाई छ ।

 

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा निर्वाचन बाहेक क्षेत्र, नगर, गाउँ लगायत स्थानमा हुने निर्वाचनका लागि उम्मेद्वार छनोटको अधिकार नयाँ विधानबाट सम्बन्धित निकायले पाउने भएका छन् ।

 

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ विधानले बढीमा ३ जनाको मात्र नाम सिफारिस गर्ने गरी बाध्यात्मक व्यवस्था नयाँ विधानमा समेटिदैछ ।

 

आकांक्षी बढी भए सम्बन्धित निकायले निर्वाचनबाटै भएपनि बढीमा तीन जनाको मात्र नाम सिफारिस गर्नु पर्नेछ । यसैबीच कांग्रेसले पदाधिकारीबाहेक केन्द्रिय सदस्य, सांसदलगायतलाई समेत महाधिवेशनमा प्रतिनिधि चुनिएर आउनु पर्ने व्यवस्था नयाँ विधानमा गर्न लागेको छ ।

 

केही सदस्य तथा सांसदहरुको भूमिका प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै कांग्रेसले आगामी महाधिवेशनबाटै सो नियम लागु गर्ने गरी छलफल भइरहेको छ ।

 

सभापतिलाई अधिकार सम्पन्न बनाउने बिषयमा विवाद नरहेपनि पदाधिकारी थप्नेबारे छलफल भइरहेको नेता लेखकले बताउनुभयो ।

 

उपसभापति र एक जना महिला रहनेगरी सहमहामन्त्री थप्ने व्यवस्था गर्ने गरी कांग्रेसको विधान मस्यौदा समितिमा छलफल जारी छ ।

 

आगामी सप्तमीसम्ममा विधानमा मोटामोटी सहमति जुटाउने गरी मस्यौदा समितिको बैठक पछिल्लो समय बसिरहेको छ । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा आज दिउँसो एक बजे पनि बैठक बोलाईएको छ ।

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...