CG Electronics
IME Life
NIMB

अाेली सरकारका मन्त्री फेरिँदै, प्रचण्डले बाले हरियाे बत्ती भने म को–पाइलट होइन ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले यो बेला सरकारको विकलल्प खोज्ने विषयमा सोच्नु भनेको फेरि अस्थिरता र अराजकता निम्त्याउनु हो भनेका छन् ।

पत्रकारलाई दिएको एक अन्तर्वार्तामा अध्यक्ष दाहालले भनेका छन्, ‘त्यतातिर नजाऔँ । सरकारबाट अपेक्षा अनुसारका केही काम हुन नसकेको साँचो हो । तर, दुई छिमेकीसँगको सम्बन्ध, भएका सम्झौता कार्यान्वयन लगायत धेरै काम भएका छन् ।’

 

तर, उनले मन्त्रिपरिषदमा केही हेरफेर हुने संकेत गरेका छन् । घुमाउरो ढंगले उनले भने, ‘हामी केही समीक्षा गर्ने तयारीमा छौँ ।’ तर, कहिले भनेर उनले भनेनन् । सरकारकाे काम कारबाहीबारे समीक्षा भए मन्त्रिपरिषदका सदस्य हेरफेर हुने देखिन्छ ।

 

यो सरकारलाई सफल पार्ने अहिलेको प्रमुख दायित्व हो, उनले भने, ‘विकल्प खोज्ने प्रधानमन्त्रीको, पार्टीको वा सरकारको भन्ने कुरा अहिलेको एजेण्डा नै होइन ।’

 

म को–पाइलट होइन ? दुबै पहिलेकै कप्सेप्ट अनुसार चलिरहेका छौँ 
तत्कालीन एमाले र माओवादी केन्द्र एकिकरणका बेला एकिकृत पार्टीको उडान गर्ने दुई जना पाइलटको कन्सेप्ट अघि सारिएको थियो । तर, अहिले ओली पाइलट र दाहाल को–पाइलटको भूमिकामा देखिएका छन् ।

 

यसबारे दाहालले भनेका छन्, ‘एउटा कुरा के हुन्छ भने सरकारको प्रधानमन्त्री भइसकेपछि स्वतः प्रधानमन्त्रीको भूमिका पहिलो नम्बरमा देखिन्छ । तर, हामी पार्टीको बैठक बस्दा, माइनोट लेख्दा, सर्कुलर गर्दा पहिले घोषणा भए अनुसार दुई अध्यक्षको कन्सेप्ट अनुसार नै गर्ने गरेका छौँ ।’

 

सुरुमा पार्टीको अध्यक्षता पालै पालो गर्ने भन्ने थियो । पछि छलफल गरेर संयुक्त अध्यक्षता गर्ने, जसलाई मेसो पर्छ उसैले बैठक सञ्चालन गर्ने यस्तो हुँदै आएको छ, –दाहालले भने । बाहिर देख्दा मात्रै त्यस्तो देखिएको हो, उनले थपे, ‘ भित्र दुबै अध्यक्षको अध्यक्षतामा चल्ने गरेको छ ।’

 

यस्तै, अध्यक्ष दाहालले एकिकृत जनवादी क्रान्ति गर्ने भन्दै हिँडेका नेत्रविक्रम चन्दसँग आफुलाई तुलना नगर्न भनेका छन् ।
उनले भने, ‘संविधानसभाको काम छैन भनेर छोडेर हिँडेकाहरूसँग आफ्नो तुलना नगर्नुस् । हामीले जनयुद्धलाई शान्तिप्रक्रियामार्फत् राजनीतिक रूपान्तरण गरेका हौँ ।’

 

दाहालले उनीहरुले क्रान्ति गरेर हलचल नै ल्याए आफू पनि पछि लाग्ने बताए । उनले भनेका छन्, ‘उहाँहरूले मलाई बम हान्नुभएकै थियो । ७० को चुनावमा कञ्चनपुरमा म केही सेकेन्डले बाँचेको हुँ ।’

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...