प्युठानमा– घट्यो फेरि अर्को डरलाग्दो घट्ना तेरो बुढालाइ भनिदिन्छु’ भन्दै

Thursday Oct 11, 2018
वि.सं.२०७५ असोज २५ बिहीवार १२:५६
साझा सबाल मिडियालाई प्युठान स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो…हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका … (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु ।
३३ महिना पुग्यो । म घरबाट निस्केको २ महिना जति हुँदा मेरो घरमा गाउँकै तोपे सुनुवारले मेरो श्रीमती लक्ष्मी दमै (नाम परिवर्तन) दुई सन्तान छोरा-छोरी सहित घरमा राती सुतेका बेला जबर्जस्ती आएर बलात्कार गरेछ, अनी डर धम्की देखाइ ‘तेरो बुढासँग भनिदिन्छु’ भन्दै त्यसपछि पनि डर देखाउँदै पटक-पटक बलात्कार गर्दै आएको रहेछ । उक्त घृणित कार्य अति भएपछि मेरी श्रीमतीले मलाई भनिन् ।
र मेरो सल्लाह बमोजिम मेरी श्रीमतीले आफ्नो न्यायको लागि प्रहरी चौकीमा रिपोर्ट लेखाइन् । र अहिले उ प्रहरी हिरासतमा छ । हाम्रो बिहे १० बर्ष अगाडि भएको हो र हाम्रो एउटा हासी-खुशी परिबार थियो जुन अहिले त्यस बलात्कारीको कारण लुटिएको छ । छोरा ८ बर्षको र छोरी ६ बर्षकि छन् । मेरो बैदेशिक रोजगारीको बाध्यता त्यस बलात्कारीलाई मौकाको फाइदा बनेछ ।
हामी दु:खी गरिबको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउनको निम्ति हजुरलाई हार-गुहार गरेको हुँ ।यो संदेश बाध्यताले गरेको हुँ, यस्ता कुराहरु समाजमा कसरी दबिएर बस्दा रहेछन् र मेरी श्रीमती जस्तै कति कतिका श्रीमतीहरु आफूमाथि अन्याय सहेर पनि गुपचुप बस्दा रहेछन् भन्ने कुरा मैले मेरो श्रीमतीबाट बुझें ।
यो घटनामा मेरो अनपढ श्रीमतीलाई डर देखाई-देखाई छोरा-छोरी मारिदिन्छु भन्दै धम्काई-धम्काई उसले अस्मिता लुतेछ । तर निरन्तर लुटिएकि मेरी श्रीमतीले मलाई सबै कुरा भनेपछि आफूले बुझेर अरुलाई पनि यस्ता घटनाबाट सतर्क रहन आग्रह गर्दैछु ।
हामी विदेश आएकाहरुलाई उसै त आफ्नो परिवारको चिन्तन छ, त्यसमा पनि गाउँमा त्यस्ता नरपिपासुले हाम्रो छोरी चेली र श्रीमतीलाई गिद्दे नजर लगाईरहेका हुँदा रहेछन् । अझै पनि त्यो नरपिपासु कानुनी कारवाहीबाट बच्ला र मेरो परिवारलाई अझै लथालिंग बनाइदेला कि भन्ने दिन-रात डर मेरो मनमा पैदा भईरहेछ । त्यसैले पनि तपाइँको माध्यम सम्झिएको हुँ । त्यस्ता नरपिपासुलाई कारबाही हुनैपर्छ सर ।
पिडित के भन्छिन् ? केहि दिन अघि माथिको संदेशसंगै साउदीमा रहेका तुक बहादुर दमैले आफ्नी श्रीमतीको मोबाइल नम्बर पनि पठाए । त्यसपछि हामीले उनको श्रीमतीलाई फोन सम्पर्क गर्यौं ।
उनले निसंकोच आफूमाथि भएको अन्याय खोल्न थालिन् । ‘म नपढेको मान्छे, केहि पनि जान्दिन सर । मेरो श्रीमान गएपछि उसले एक दिन मेरो घर छिरेर जबर्जस्ति बलात्कार गर्यो । बलात्कार पछी कसैलाई भनिस् भने तलाई र तेरो छोरा-छोरी मार्दिन्छु भन्दै डर देखाएकोले कुरा खोल्ने आँट भएन ।
तर त्यो घटना पछि उसले फेरी तेरो बुढालाई भन्दिन्छु भन्दै डर देखाएर मलाई पटक-पटक बलात्कार गर्यो ।’उनको अनुसार पटक-पटक श्रीमानलाई भन्दिन्छु भन्दै बलात्कार गर्न थालेपछि असह्य भएर लक्ष्मी दमै (नाम परिवर्तन) आफैले श्रीमानलाई आफूमाथि भएको घटनाबारे गत असार २८ गते मुख खोलेकी थिइन् ।
उनि भन्छिन ‘उसले मलाई डर देखाएर पटक-पटक बलात्कार गर्यो, अहिले जेलमा छ तर उसले सहमति भएर गरेको हो, मलाई पनि जेलमा ल्याउनुपर्छ भन्दै छ रे ! म बोल्न नजान्ने मान्छे सर, मलाई जिन्दगीभर दु:ख दिने भयो भन्ने सोचेर आफैले शाहस गरेर श्रीमानसँग मुख खोलेको हुँ ।
उहाँले सुरुमा त अब म तलाई स्वीकारदिन, उसैसँग जा भन्नुभएको थियो तर पछी उहाँले नै प्रहरीलाई गएर रिपोर्ट गर्न भन्नु भएपछी मैले प्रहरीलाई निवेदन दिएको हुँ तर अझै उ (बलात्कारी) जेलबाट छुटेर आएर केहि गर्छ कि भन्ने डर हामीलाई छ ।’
पछिल्लो समय साउदीमा रहेका श्रीमानले तपाइँलाई कस्तो व्यवहार गर्नुहुन्छ ? भन्ने साझा सबालको प्रश्नमा लक्ष्मी (नाम परिवर्तन) भन्छिन् -‘उहाँले हाम्रो दुई छोरा-छोरी छ, त्यसैले पनि म तलाई छोड्दिन, तर उसले जेल खान्छ भने मात्र तलाई म स्वीकार्छु नत्र म स्वीकार गर्दिन, भन्नुहुन्छ ।
’लक्ष्मीको अनुसार आफुलाई बलात्कार गर्ने तोपे सुनुवारले उनलाई पढ्न पनि नजान्ने र घरमा कोहि पनि नभएकी महिला ठानेर गलत काम गर्ने आँट गरेका हुन् । सुनुवारले गाउँमा दादागिरि गर्नेदेखि गाउँका बुढापाकालाई समेत पिट्ने गरेको पिडितको भनाई छ ।
पिडितको अनुसार गत जेठ ५ गते गाउँकै १४ बर्षीय बालिकालाई पनि उनले गलत कार्य गरेका थिए तर गाउँलेले एक पटकलाई भन्दै घटना गाउँमै साम्मे पारेका थिए ।बलात्कारको सृंखला यसरी सुरु भयो… पिडितको अनुसार – ‘श्रीमान विदेशमा थिए, अहिले पनि विदेशमै हुनुहुन्छ । मेरो साथमा नावालक ६ बर्षकी छोरी र ८ बर्षका छोरा मात्र थिए ।
मङ्सिर महिना थियो । बाहिरबाट कसैले ढोका खोल्न भन्यो – मैले आफ्नो भाई आएछ भन्ने ठानेर ठोका खोल्ना साथ एक्कासी उ भित्र छिर्यो । मैले किन अर्काको घरमा राति १० बजे यसरी छिरेको ? भन्दा केहि जवाफ नदिएर एक्कासी मलाई छोपेपछि मलाई जबर्जस्ति गर्न थाल्यो ।
कराउन सकिन, ओल्लो ढोकाबाट पल्लोतिर र पल्लोतिरबाट ओल्लोतिर फाल्यो… त्यसरी मलाई बलात्कार गर्यो । अनि पछी मलाई कसैलाई भनिस् भने तलाई म बाच्न दिन्न, तेरो परिवारको जसलाई भेट्यो उसैलाई मार्छु भनेर धम्कायो । मलाई मेरो श्रीमान, छोरा-छोरालाई मार्छ कि, मलाई मार्छ कि भन्ने डर भयो, त्यसैले पनि कुरा खोल्ने आँट आएन ।
पछी उसले पटक-पटक श्रीमानलाई भन्दिन्छु भन्दै डर देखाउंदै बलात्कार गरेपछी अति भएर आफैले श्रीमानलाई भन्न बाध्य भएँ । उसले गाउँमा समेत ४९९ पुग्यो अब १ जनासँग भयो भने ५०० पुग्छ भनेको रहेछ । अरुको जे होस् मेरो जिन्दगी बर्वाद गर्दियो ।आरोपी तोपे सुनुवार कारागारमा
साझा सबाल मिडियाले यस बिषयमा थप जानकारी लिन सम्बन्धित प्रहरी कार्यालयमै सम्पर्क गर्दा आरोपी तोपे सुनुवार पुर्पक्षको लागि कारागार चलान गरेको छ । आरोपी सुनुवार विरुद्ध बलात्कार मुद्दा परेको र अदालतबाट फैसला हुने क्रममा रहेको प्युठान जिल्ला प्रहरी कार्यालयका सई नरेश ढकालले जानकारी दिए ।साझा सबाल मिडिया
जंगलमा लगेर सामुहिक बलात्कार
रुपन्देहीकी एक किशोरीमाथि फिल्मी शैलीमा सामुहिक बलात्कार (ग्याङ रेप) भएको छ ।
प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुई जना पक्राउ गरी सार्वजनिक गरेको छ । ती १६ वर्षीया किशोरीमाथि उनीहरुले असोज २३ गते सामुहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जङ्गलमा मोटरसाइकलमा पुर्याएर साँझ ८ बजेतिर सामुहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् ।
जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका–१० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ परेको छ ।
घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिएका छन् ।
घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताएका छन् । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको प्रहरीले जनाएको छ ।
सुतिरहेको कोठामा छिरेर महिलामाथि बलात्कार
एक महिलालाई करणी गरी २० हजार रकम चोरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुम पूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँफिकोट गाउँपालिका घर भएकी मुसीकोट नगरपालिकामा बस्ने एक महिलालाई बलात्कार गरी रकम चोरेको अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
घर्तीको साथबाट पीडित महिलाको मोबाइल सेट र नगद १६ हजार समेत बरामद गरिएको डीएसपी खड्काले बताए ।
पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको तथा २० हजार नगद चोरेर लगेको उजुरी दिएकी छिन् । घर्ती्विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथीले नै गराइन् साथीमाथि सामुहिक बलात्कार, मन्दिरकै अगाडि रातभर बलात्कार
‘गाँस छुटोस् तर, साथ नछुटोस्’ भन्ने उखान निकै चल्तीको उखान हो । तर, यो उखान विपरीत साथीको भर पर्दा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक १३ वर्षीया किशोरी साथीकै सहयोगमा सामुहिक बलात्कारको शिकार बनेकी छन् । स्थानीय एक विद्यालयमा कक्षा–६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।
बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर–९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।
उनीहरूमाथि करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले जानकारी दिएका छन् । पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई बस्तीभन्दा टाढा जङ्गलमा रहेको मन्दिरसम्म लगेकी थिइन् ।
घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै संरक्षकले प्रहरीलाई खबर गरेका थिए । एक्कासी भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिक्षिप्त अवस्थामा भेटिइन् । उनले आफूमाथि सामुहिक बलात्कार भएको परिवारलाई बताइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जङ्गलमा लगेर घरेलु मादक पदार्थ ‘निगार’ खुवाएर बलात्कार गरेको देखिएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।
हेर्नुस् ६ कक्षामा पढ्ने बालिकाले लेखेको प्रेमपत्र, सबैका आँखै रसाउने !
समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो मच’, मैले यो जीवनमा तिमी बाहेक अरुलाई सोच्न समेत सकेको छैन । कसम म तिमी बाट टाढा हुन सक्दिन् । तिमी बिनाको जिन्दगी सोच्न समेत सक्दिन ।’
‘समीर हामीले बा आमाको सपना पुरा गर्नुछ । तर, मैले सकिन तिमीले पूरा गर्नु । तिम्रो बा आमासंग स्कुल पढाउने खर्च नहोला, म तिमीलई खर्च दिन्छु पढ । स्कुल आऊ ।’
‘म बाबु आमाकी एक्ली छोरी हुँ । जे भने पनि मान्नुहुन्छ । तिम्रो लागि पैसाको व्यवस्था म गरौँला तर तिमी सधैँ स्कुल आऊ ल । सुनेको छु, तिमी पत्रिका बेचेर हिँड्छौ रे ! अब हिड्नु पर्दैन ।’
‘समिर तिमी कति दुःख गर्छौँ है ! तिमीले मलाई मनपराए पनि नपराए पनि म सध तिमीलाई माया गरिराख्छु । मेरो प्रेम प्रस्ताव स्वीकार। मलाई भन्न लाज लागे मेरी साथी दीपा चौलागाई भन्नु ल !’
‘माया जबरजस्ती गरिने कुरा पनि होइन । तिमी मलाई माया गर्र्छौँ वा गर्दैनौँ भोलि एउटा कापिको पानामा लेखेर दिनुहोला समिर । ‘आई लभ यू समिर’ म तिमीलाई सधैँ माया गरिराख्ने छु ।
यी माथिका बुँदा १३ वर्षीया बालिका निर्मला सुनुवारले आफ्ना प्रेमी समीर श्रेष्ठलाई आत्महत्या गर्नुअघिको प्रेमपत्रमा लेखेकी हुन् ।
काभ्रेको रोशी गाउँपालिका १ खहरेपागुकी निर्मलाले प्रेमिको नाममा प्रेमपत्र लेखेर आत्महत्या गरेकी छिन् । प्रेमीलाई लामो पत्र लेखेर बनेपा ७ स्थित डेरामा बस्दै आएकी निर्मला कोठाको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले बताएको छ ।
प्रहरीका अनुसार चैतन्य माविमा कक्षा ६ मा पढ्दै आएकी उनले सोही विद्यालयको कक्षा ६ मा अध्यनरत समीर श्रेष्ठलाई माया गर्छु भन्दै लेखेको प्रेमपत्र शव संगै फेला परेको हो ।
एकै कक्षामा पढ्दै आएका श्रेष्ठ र सुनुवार केही समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरी अनुसनधानबाट खुलेको छ । मोबाइलमा कुराकानी नभए पनि पत्र मार्फत् मायाको कुरा हुने गरेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ कोठामा संगै बसेका दाजुहरुले प्रेम बारे थाहा पाएसंगै उनले लेखेको पे्रमपत्र फेला पारेका थिए। दाजुले प्रेमको कुरा थाहा पाएपछि आइतबार बिहान कोठाको पङ्खामा झुण्डिएको अवस्थामा निर्मलाको शव भेटिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धाबाट निर्मलाको मृत्युको कारण प्रेम सम्बध नै रहेको खुलेको छ । दाजुले प्रेमपत्र फेला पारेसंगै लाज वा डरले आत्महत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यलयका सई भक्त श्रेष्ठले जानकारी दिए । अन्नपूर्णबाट
कसरी बनाइन्छ स्तन ठूलो र सुन्दर ?
डा. जसवन शाक्य, मेडिकल डाइरेक्टर, सुषमा कोइराला मेमोरियल अस्पताल
स्तन साना भएकाहरुले सिलिकन राखेर ठूलो बनाउन सकिने उल्लेख गरिएका विज्ञापन पत्रपत्रिकामा पढ्न तथा रेडियोमा सुन्न पाइन्छ ।
स्तनमा सिलिकन राख्ने भनेको के हो ? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन् ? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन ? बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ? सिलिकन राखेपछि के–के समस्या आउन सक्छन् ?
स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ ।
स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ ।
संसारमा बे्रस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो । सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानी नगर्ने विशेष प्रकारको रबर हो । यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ ।
ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन् । ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ । जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ । स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन ।
स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ ।
४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो । यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन् । नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ ।
१८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।
इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ । स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ ।
इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन । बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ । इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ ।
ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ । यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो । इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ । इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ । एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन ।
कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ । यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ । यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ । सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन ।
स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ । तर, सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन सकेको छैन ।
युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ । एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ । नेपालमा दुई लाखमा हुने अपरेसनमा विदेशमा कम्तीमा पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ ।
यी कस्ता शिक्षक जसले एक बर्षदेखि ९ बर्षीया दुई छात्रालाई बारम्बार बलात्कार गरे
जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ । आफुले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् ।
कक्षा ५ मा अध्ययनरत ९ बर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक बर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।पीडित बालिका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत काभे्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।फाईल तस्विर
धनी हुनेहरुको हात यस्तो हुन्छ हस्त रेखा, तपाईको हातमा के यस्तै छ त ?
हस्त रेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । यहाँ हामीले धनी हुने ब्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं ।
जौको चिन्ह : समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।
शंखको चिन्ह : अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।
जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन् ।
हस्त रेखामा हातमा हुने चक्रकोबारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।
सूर्य पर्वत : हातको अनामिका औंलाको फेंदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।