CG Electronics
IME Life
NIMB

यात्रुले कोचाकोच बस पल्टियो, दुईको मृत्यु, ४५ जना घाइते

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । करीब ३० जना घाइते भएका छन् ।

नुवाकोटकै खरानीटारबाट काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक नरेश महतोका अनुसार घटनामा अरु ४५ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुमध्ये १० जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्यको नुवाकोटमै उपचार भइरहेको छ । साँघुरो सडकमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

 

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै २ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको जानकारी दिए । पञ्चकन्या गाउँपालिका खप्रेसकी ३२ वर्षीय मीनु तामाङ र चितवनको मुग्लिङका ५७ वर्षीय बलराम तिवारीको मृत्यु भएको छ ।

 

सई थापाले उद्धार कार्य जारी रहेकाले हताहतीबारे यकिन गरेर भन्न नसकिने बताए । ‘अहिले घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पठाइरहेका छौं । हताहतीको यकिन विवरण अझै आइसकेको छैन’, थापाले भने ।

 

बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आएको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...