Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

निर्मला बलात्कार–हत्या प्रकरण : भेजाइनल स्वाब सुरक्षित राख्नु

Machhapuchchhre Bank Limited

 

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकोे भेजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

पटक–पटक गरिएको अनुसन्धान नै संकास्पद देखिएकाले पुनः अनुसन्धान गर्नका लागि प्रमाणहरू सुरक्षित राख्न आयोगले निर्देशन दिएको हो । बिहीबार आयोगले सबुत प्रमाणहरूको वैज्ञानिक परीक्षणका सम्बन्धमा रायसुझाब लिने उद्देश्यले कानुनी चिकित्साविज्ञ र डिएनए विज्ञहरूसँग छलफल गरेको थियो ।

पन्तको बलात्कारपछि भएको हत्यालगत्तै विभिन्न व्यक्तिको डिएनए परीक्षण र अन्य प्रमाणहरूका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका वेला आयोगले अहिलेसम्म भेटिएका प्रमाणहरू सुरक्षित राख्न भनेको हो । केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए टेस्ट शंकास्पद् देखिएको आयोगको निष्कर्ष छ ।

‘भेजाइनल स्वाब संकलन सही छ, तर परीक्षणमा केही विधि नपुगेको पाइएको छ,’ आयोगका सचिव मुरारीप्रसाद खरेलले भने, ‘डिएनए टेस्टमा केही आशंका लागेकाले थप परीक्षण गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ ।’

निर्मलाको शवबाट संकलित भेजाइनल स्वाबको नमुना र त्यसबाट पृथकीकरण भएका डिएनए लगायतका सबुतहरू जे–जस्तो अवस्थामा छन्, त्यही रूपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

साथै, निर्मलाको शवबाट भेजाइनल स्वाबको नमुना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरिएको आयोगका सचिव खरेलले जानकारी दिएका छन् ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, त्रिवि फरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्साविज्ञ डा. हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ वैज्ञानिक डा. दिनेश झा, आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेल, उपनिर्देशक लोकनाथ बास्तोलालगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...