Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नेपालले जित्यो एसिया छनोट ‘बी’को उपाधि

Machhapuchchhre Bank Limited

 

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ ।

सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो । आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ ।

नेपाल र सिंगापुर दुवै टोली यसअघि पाँच खेलसम्म अपराजित थिए । यस प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् ।

अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई। कुवेत र कतारसहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए । अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट हात लिए । उनले ३ दशमलब ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा बसन्त रेग्मी र ललित राजवंशीले १–१ विकेट लिए ।

जवाफमा ब्याटिङ थालेको नेपालले २ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र रद्ध गरियो ।

प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन र भुटानविरुद्ध सहज जित निकालेको थियो भने सिंगापुरले पनि सबै प्रतिद्वन्द्वीलाई हराएको थियो ।

प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २४ विकेट लिए । जुन, कुनै पनि नेपाली बलरले एकै प्रतियोगितामा लिएको सर्वाधिक विकेट हो । यसअघि प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र विनोद दासको नाममा थियो । रेग्मीले सन् २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा विनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए ।

सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौँ खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबादेखि सुरु

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण...

वि.सं.२०८१ पुस २१ आइतवार ०८:०५

  चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ...

वि.सं.२०८१ पुस १५ सोमवार २१:१३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल...

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

वि.सं.२०८१ पुस ९ मंगलवार १९:०५

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो...

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक...

वि.सं.२०८१ पुस ७ आइतवार ०९:२८

काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको...

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गलाई

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल...

वि.सं.२०८१ पुस ७ आइतवार ०८:५६

  भरतपुर । चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो...