CG Electronics
IME Life
NIMB

गृहमन्त्रालयले भन्यो रक्सीकै कारण बलात्कार बढेको हो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । गृह मन्त्रालयले महिला तथा बालबालिकामाथिको हिंसाको मुख्य कारण मदिरा सेवनलाई औंल्याएको छ ।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा सहसचिव नारायणप्रसाद दुवाडीले मदिराका कारण जबर्जस्ती करणीका घटना बढेको बताए ।

 

दुवाडीका अनुसार जबरजस्ती करणी अपराधमा संलग्नहरुमध्ये ७३.६५ प्रतिशतले मदिरा सेवन गरेका थिए । मदिराकै नशामा जबरजस्ती करणी भएको पाइएको तथ्याङ्कमा उल्लेख छ । जबरजस्ती करणी अपराधमा संलग्नहरु मध्य २६.३५ प्रतिशतले मात्रै मदिरा सेवन नगरेको पाइएको जनाइएको छ ।

गृहमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मदिरा सेवनको नशामा १७३ जबरजस्ती करणी महल अन्तर्गतका अपराध भएका छन् भने, ४९ वटा जबरजस्ती करणी अन्य कारणले भएका छन् ।

जोरजुलुममा करणी बढ्यो

अघिल्लो वर्षको तुलनामा जोरजुलुममा हुने जबरजस्ती करणी हृवात्तै बढेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७३/०७४ मा ललाइ फकाइ करणी गर्नेको संख्या बढी थियो । सो वर्ष जोरजुलुममा हुने १२० मा ४० देखाइएको थियो ।

तर, आर्थिक वर्ष २०७४/०७५ मा जोरजुलुममा भएको करणीलाई १२० मा करिब ९८ देखाइएको छ । अर्थात दोब्बर भन्दा बढीले जोरजुलुममका करणी भएको तथ्याङ्क छ ।

०७३/०७४ मा १२० मा ६३ ललाइफकाई करणी भएको देखाइएको थियो भने, ०७४/०७५ मा करिब ४२ देखाइएको छ । डरत्रास देखाएर करणी गर्ने घटना पनि केही बढेको तथ्याङ्कमा उल्लेख छ ।

०७३/०७४ मा १२० मा २४ डरत्रास देखाएर करणी भएको उल्लेख गरिएको छ भने, ०७४/०७५ मा झण्डै ४० देखाइएको छ । आर्थिक प्रलोभन देखाएर पनि केही करणी भएको मन्त्रालयले जनाएको छ ।

पीडक र पीडित एकै उमेरका

गृहमन्त्रालयको तथ्याङ्क अनुसार जबरजस्ती करणी अपराधमा संलग्न पीडक र पीडित एकै एकै उमेरका छन् । १६ वर्ष मुनिका पनि करणीमा संलग्न रहेका छन् तर थोरै छन् ।

सबैभन्दा धेरै १६ देखि २५ वर्ष उमेरका व्यक्तिहरु करणीमा संलग्न रहेको मन्त्रालयको तथ्याङ्क छ ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...