नयाँ रुट हुँदै गुर्जा हिमाल चढेका ९ आरोहीको मृत्यु

Saturday Oct 13, 2018
वि.सं.२०७५ असोज २७ शनिवार ०९:५४
म्याग्दीको गुर्जा हिमाल (७१९३ मिटर) आरोहणका क्रममा चार नेपाली र ५ कोरियाली नागरिकको मृत्यु भएको छ। आरोहण दलका सबै सदस्य ३८ सय मिटर उचाईमा रहेको आधार शिविरमा बसेर हिमाल आरोहणको तयारी गर्दै गरेको अवस्थामा हिमआँधीले बगाएको हो।
मृत्यु हुनेमा आरोहण दलका प्रमुख कोरियाका किम चाङ हो सहित लि जाइहुङ, रिम इल जीन, यु युङजिक, जेओङ जो मो छन्।
आरोहण टोलीका नेपाली सदस्य संखुवासभा भोटखोला गाउँपालिका ३ का छिरिङ भोटे, लाक्पा साङबु भोटे, फुर्वु भोटे र धौलागिरी गाउँपालिकाका नेत्रबहादुर छन्त्याल रहेको आरोहण आयोजक एजेन्सी ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले जानकारी।
यो आरोहण दल नयाँ रुट भएर पहिलो पटक आरोहणमा गएको थियो।
आधार शिविर भन्दा माथि गुर्जा हिमाल, चुरेन हिमाल र धौलागिरी-६ हिमाल हुँदै हिउँआँधी आएर आरोहीहरूलाई पाँच सय मिटर तलसम्म छरपष्ट बगाएको उद्धारमा पुगेका सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिदार्थ जंग गुरुङले बताए।