Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

इन्काउन्टर गर्न गएको पुलिसको पेस्तोल नपड्केपछि…

Machhapuchchhre Bank Limited

अपराधिक समूहमाथि इन्काउन्टर गर्न गएको प्रहरी टोलीको पेस्तोल नै नपड्किएपछि आपत् आइलागेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित सम्भलमा शुक्रवार पुलिसले एक अपराधिक समूहका सदस्यमाथि इन्काउन्टरको तयारी गरेको थियो ।

अपराधिक समूहका ती सदस्यमाथि इन्काउन्टरका क्रममा पुलिसले प्रयोग गर्ने पेस्तोल नै नपड्किएपछि आपत् आइ लागेको हो । त्यसपछि प्रहरीका एक अधिकृतले मुखैबाट पेस्तोलको ठ्याङ ठ्याङ आवाज निकालेर अपराधिक समूहका सदस्यलाई तर्साउन थाले ।

यस घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। यस भिडियोलाई लिएर पुलिसको हाँसी मजाक गर्न थालिएको छ। जानकारी अनुसार असमोली ठानाका पुलिस मध्यराति सवारीसाधनको चेकिङमा व्यस्त थियो । त्यही क्रममा केही मानिस पुलिसको बार तोड्दै अघि बढे ।

पुलिसले उनीहरुलाई पक्रन खोजेपछि उल्टै अपराधिक समूहका सदस्यले गोली चलाए । अपराधिक समूहका सदस्यलाई चुनौती दिँदै जब पुलिसले गोली चलाउन खोज्यो तब पेस्तोल नै चलेन । त्यसक्रममा प्रहरी अधिकारीको पेस्तोलले धोका दियो । कयौँ कोशिश गर्दा पनि गोली नै चलेन ।

त्यसक्रममा पुलिसले एकजनालाई पक्राउ गर्न सफल भयो । आरोपीमाथि हत्या र लुटसहितका मुद्दा चलाइयो । तर घटनाका क्रममा अन्य भने भाग्न सफल भए । पुलिसका अनुसार आरोपीबाट एक पेस्तो र विस्फोट नभएको कार्तोस बरामद भएको छ। त्यस क्रममा अपराधिक समूहको गोली लागेर एक प्रहरी उल्टै घाइते भए ।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन : मन्त्री गुरुङ

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै...

वि.सं.२०८१ पुस १ सोमवार १५:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...