Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

गोरेका लागि दुवईबाट सुन पठाउने बेनु श्रेष्ठलाई नेपाल ल्याइयो

काठमाडौं  । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा दुवइमा पक्राउ परेका बेनु श्रेष्ठलाई नेपाल ल्याइएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गएको साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो ।

 

उनलाई लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली सोमबार काठमाडौं आउँदै छ । मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बेनुलाई सोमबार काठमाडौं ल्याउन टोली पठाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

 

काठमाडौंको न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए । बेनुको पसलमा काम गर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोग गर्न गोरेको जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए । उनले हुण्डीमार्फत् नेपालबाट जाने रकम दुबईमा संकलन गर्थे । उनले नै भरियामार्फत् सुन नेपाल पठाउँदै आएका थिए ।

 

दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूँडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । चूँडामणि उप्रेती ‘गोरे’ सहित १३ जनाविरुद्ध इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको थियो ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...