CG Electronics
IME Life
Ncell NPL

कोइराला निवासमा पौडेल समूहको लञ्च मिटिङ, यस्तो पाक्दैछ खिचडी ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपाली कांग्रेसको विधान मस्यौदा तयारीबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ। विधान मस्यौदामाथि छलफल गर्न सोमबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको घरमा पौडेल समूहले छलफल गरेको छ।

‘लञ्च मिटिङ’का लागि महामन्त्री कोइरालाले संयोजन गरेको भेलामा पौडेल समूहका नेताहरूबीच विधान मस्यौदाबारे छलफल भएको स्रोतले जनाएको छ। पार्टीको विधान मस्यौदा तयार भइरहेका बखत मस्यौदा समितिका सदस्यहरूसमेत उपस्थित ‘लञ्च मिटिङ’ले पौडेल समूहको बहुसंख्यक भेला डाक्ने अनौपचारिक निर्णय गरेको छ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, प्रकाशमान सिंह, डा। रामशरण महत, नवीन्द्रराज जोशी, धनराज गुरुङलगायत थिए। ‘लञ्च मिटिङ’मा पार्टी सभापतिको दौडमा रहेका नेता डा। शेखर कोइराला भने थिएनन्। उनी दसैं मनाउनका लागि विराटनगर गइसकेका छन् ।

 

छलफलमा विधान मस्यौदा समितिका सदस्य दिलेन्द्रप्रसाद बडू र प्रदीप पौडेल थिए। उनीहरूले विधान मस्यौदामा आएका रायरसुझावबारे नेताहरूलाई ‘ब्रिफिङ’ गरेको शशांक निवास स्रोतले बतायो ।

 

केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले भेलामा विधान मस्यौदाबारे सामान्य छलफल चलेको बताए। ‘विधान मस्यौदामा उठेका विषयहरूमाथि नेताहरूलाई सामान्य जानकारी दिइएको हो, यसबारे कुनै निर्णय भएको हैन,’ पौडेलले  भने। विधान मस्यौदामा समेटिएका तथा समेट्नुपर्ने विषयमा केही छलफल चलेको र नेताहरूले मस्यौदाबारे कुरा सुनेको उनले बताए। बैठकमा वरिष्ठ नेताहरूले कुनै पनि धारणा नराखेको उनले दाबी गरे।

 

स्रोतका अनुसार दसैंको मुखमा समूहका बहुसंख्यक सदस्य उपस्थित हुन नसकेकाले यसबारे बृहत्तर छलफल गर्ने अनौपचारिक निर्णय गरेको छ। ‘चाडबाड आइसकेकाले तत्कालै समूहका धेरै नेता उपस्थित हुन नसकेकाले दसैंपछि बृहत्तर भेला गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले  भने।

 

ती नेताका अनुसार विधान मस्यौदाको अन्तिम तयारी भइरहेको छ। विधानमा पौडेल समूहले आफ्नो उपस्थिति कसरी बुलंद बनाउने भन्नेबारे रणनीति बनाइरहेको छ।

 

विधानमा आफ्नो रणनीति कसरी स्थापित गर्ने र सोहीबमोजिम महाधिवेशनमा देउवा समूहसँग मुकाबिला गर्ने विषयमा पौडेल समूह छलफलमा जुटेको हो। छलफलमा पौडेल समूहबाट प्रतिनिधित्व गर्ने विधान मस्यौदा समिति सदस्यहरूले विधानमा समेटिएका कुराहरूबारे नेताहरूलाई सुनाएका थिए ।

 

कांग्रेसमा निर्वाचितरमनोनित पदाधिकारी कति राख्ने, केन्द्र र प्रदेशमा के–कति पदाधिकारी हुने, पार्टीलाई संघीय संरचनामा कसरी लैजानेलगायत विषय महत्वपूर्ण रुपमा उठिरहेका छन्। पौडेल समूह विधानमार्फत आफ्नो समूहलाई बलियो बनाउँदै बलियो पकड बनाएर महाधिवेशनमा जाने रणनीतिमा छ।

 

यसका अतिरिक्त विधानमा अनुशासन समिति, निर्वाचन समिति सदस्यताको प्रकार, प्रदेश र केन्द्रको भूमिकालगायत विषयमा छलफल भएको बताइएको छ। महाधिवेशन प्रतिनिधि चयन, सक्रिय र क्रियाशील सदस्यहरूको चयनबारे छलफल भएको छ। छलफलमा स्थानीय निकाय (गाउँपालिकारनगरपालिका), क्षेत्र, जिल्ला र प्रदेश सदस्यहरूको चयनजस्ता विषय महत्वपूर्ण रुपमा उठेका थिए। यसैगरी, विधान मस्यौदा केन्द्रीय समितिमा बुझाइसकेपछि कहिलेदेखि कार्यान्वयनमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको स्रोतले बतायो।

 

विधान मस्यौदामा धेरैजसो पद निर्वाचित गराउने विषयलाई महत्वका साथ लिपिबद्ध गर्ने रणनीतिमा पौडेल समूहले तदारुकता देखाएको छ।

 

‘विधानमा धेरैजसो पद निर्वाचित गराउने विषयले प्राथमिकता पाएको छ, यसमा हामी जोडदार प्रस्तुत हुनेछौं,’ एक नेताले भने।

 

यी सबै विषयले पार्टीमा बढ्दो अनुशासनहीनता कम गराउने, नेतृत्व चयनमा पारदर्शीता ल्याउँदै पार्टी बलियो हुने विश्वास पौडेल समूहका नेताहरूको छ। तेह्रौं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएपश्चात् पार्टीमा विकृति बढेको र चुनावमा हार व्यहोरेको आरोप पौडेल समूहको छ। तर पनि सभापति देउवाले नैतिक रुपमा पार्टीको धरातल कमजोर भएको स्वीकार नगरेको आरोप उक्त समूहको छ।

 

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...