Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कोइराला निवासमा पौडेल समूहको लञ्च मिटिङ, यस्तो पाक्दैछ खिचडी ?

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

नेपाली कांग्रेसको विधान मस्यौदा तयारीबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ। विधान मस्यौदामाथि छलफल गर्न सोमबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको घरमा पौडेल समूहले छलफल गरेको छ।

‘लञ्च मिटिङ’का लागि महामन्त्री कोइरालाले संयोजन गरेको भेलामा पौडेल समूहका नेताहरूबीच विधान मस्यौदाबारे छलफल भएको स्रोतले जनाएको छ। पार्टीको विधान मस्यौदा तयार भइरहेका बखत मस्यौदा समितिका सदस्यहरूसमेत उपस्थित ‘लञ्च मिटिङ’ले पौडेल समूहको बहुसंख्यक भेला डाक्ने अनौपचारिक निर्णय गरेको छ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, प्रकाशमान सिंह, डा। रामशरण महत, नवीन्द्रराज जोशी, धनराज गुरुङलगायत थिए। ‘लञ्च मिटिङ’मा पार्टी सभापतिको दौडमा रहेका नेता डा। शेखर कोइराला भने थिएनन्। उनी दसैं मनाउनका लागि विराटनगर गइसकेका छन् ।

 

छलफलमा विधान मस्यौदा समितिका सदस्य दिलेन्द्रप्रसाद बडू र प्रदीप पौडेल थिए। उनीहरूले विधान मस्यौदामा आएका रायरसुझावबारे नेताहरूलाई ‘ब्रिफिङ’ गरेको शशांक निवास स्रोतले बतायो ।

 

केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले भेलामा विधान मस्यौदाबारे सामान्य छलफल चलेको बताए। ‘विधान मस्यौदामा उठेका विषयहरूमाथि नेताहरूलाई सामान्य जानकारी दिइएको हो, यसबारे कुनै निर्णय भएको हैन,’ पौडेलले  भने। विधान मस्यौदामा समेटिएका तथा समेट्नुपर्ने विषयमा केही छलफल चलेको र नेताहरूले मस्यौदाबारे कुरा सुनेको उनले बताए। बैठकमा वरिष्ठ नेताहरूले कुनै पनि धारणा नराखेको उनले दाबी गरे।

 

स्रोतका अनुसार दसैंको मुखमा समूहका बहुसंख्यक सदस्य उपस्थित हुन नसकेकाले यसबारे बृहत्तर छलफल गर्ने अनौपचारिक निर्णय गरेको छ। ‘चाडबाड आइसकेकाले तत्कालै समूहका धेरै नेता उपस्थित हुन नसकेकाले दसैंपछि बृहत्तर भेला गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले  भने।

 

ती नेताका अनुसार विधान मस्यौदाको अन्तिम तयारी भइरहेको छ। विधानमा पौडेल समूहले आफ्नो उपस्थिति कसरी बुलंद बनाउने भन्नेबारे रणनीति बनाइरहेको छ।

 

विधानमा आफ्नो रणनीति कसरी स्थापित गर्ने र सोहीबमोजिम महाधिवेशनमा देउवा समूहसँग मुकाबिला गर्ने विषयमा पौडेल समूह छलफलमा जुटेको हो। छलफलमा पौडेल समूहबाट प्रतिनिधित्व गर्ने विधान मस्यौदा समिति सदस्यहरूले विधानमा समेटिएका कुराहरूबारे नेताहरूलाई सुनाएका थिए ।

 

कांग्रेसमा निर्वाचितरमनोनित पदाधिकारी कति राख्ने, केन्द्र र प्रदेशमा के–कति पदाधिकारी हुने, पार्टीलाई संघीय संरचनामा कसरी लैजानेलगायत विषय महत्वपूर्ण रुपमा उठिरहेका छन्। पौडेल समूह विधानमार्फत आफ्नो समूहलाई बलियो बनाउँदै बलियो पकड बनाएर महाधिवेशनमा जाने रणनीतिमा छ।

 

यसका अतिरिक्त विधानमा अनुशासन समिति, निर्वाचन समिति सदस्यताको प्रकार, प्रदेश र केन्द्रको भूमिकालगायत विषयमा छलफल भएको बताइएको छ। महाधिवेशन प्रतिनिधि चयन, सक्रिय र क्रियाशील सदस्यहरूको चयनबारे छलफल भएको छ। छलफलमा स्थानीय निकाय (गाउँपालिकारनगरपालिका), क्षेत्र, जिल्ला र प्रदेश सदस्यहरूको चयनजस्ता विषय महत्वपूर्ण रुपमा उठेका थिए। यसैगरी, विधान मस्यौदा केन्द्रीय समितिमा बुझाइसकेपछि कहिलेदेखि कार्यान्वयनमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको स्रोतले बतायो।

 

विधान मस्यौदामा धेरैजसो पद निर्वाचित गराउने विषयलाई महत्वका साथ लिपिबद्ध गर्ने रणनीतिमा पौडेल समूहले तदारुकता देखाएको छ।

 

‘विधानमा धेरैजसो पद निर्वाचित गराउने विषयले प्राथमिकता पाएको छ, यसमा हामी जोडदार प्रस्तुत हुनेछौं,’ एक नेताले भने।

 

यी सबै विषयले पार्टीमा बढ्दो अनुशासनहीनता कम गराउने, नेतृत्व चयनमा पारदर्शीता ल्याउँदै पार्टी बलियो हुने विश्वास पौडेल समूहका नेताहरूको छ। तेह्रौं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएपश्चात् पार्टीमा विकृति बढेको र चुनावमा हार व्यहोरेको आरोप पौडेल समूहको छ। तर पनि सभापति देउवाले नैतिक रुपमा पार्टीको धरातल कमजोर भएको स्वीकार नगरेको आरोप उक्त समूहको छ।

 

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...