बाख्रा चराउन गएकी ७ वर्षीया बालिका बलात्कृत

Sunday Oct 21, 2018
वि.सं.२०७५ कात्तिक ४ आइतवार ०५:१५
अछाम । अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ ।
दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन ।
पीडितको परिचय खुल्न सक्ने भएकाले उनको परिचय नखुलाइएको हो ।
गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत सार्वजनिक भयो ।
बालिका भागिर घरमा पुगेपछि घटना सार्वजनिक भएको थियो । लगत्त, अछाम प्रहरीले थालेको अनुसन्धानको क्रममा अर्को घटना पनि जोडिएको थियो ।
पीडितका बुवाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको थिए ।
‘कसैलाई भनेमा मारिदिने धम्की दिएको करणी भएको देखिएको छ’, प्रहरी स्रोत भन्छ ।
घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।