CG Electronics
IME Life
Ncell NPL

तातोपानीमा पत्नी सहित प्रचण्डले डुबुल्की मार्नुको यसरी खुल्यो यस्तो भेद,छोरा प्रकाशको मृत्यु बन्यो कारण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । पाँच महिनाअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु पत्नी सीतालाई लिएर सिंगापुर प्रस्थान गरे। सिंगापुर पुग्नअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआइपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्विर सार्वजनिक भयो।

छेउमा बसेका प्रचण्ड निराश देखिन्थे। सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबरहरू त्यतिबेलै बाहिरिएको थियो। सिंगापुर पुगेपछि उतैबाट सीताले पानीमा डुबुल्की मारिरहेको तस्विर सार्वजनिक भयो। केही दिनपछि उनीहरू उपचार सकेर नेपाल फर्के।

 

अहिले प्रचण्ड फेरि श्रीमती सीतालाई लिएर बेनी पुगेका छन्। प्रचण्डु र सीताले नजिकैको तातोपानी कुण्डमा नुहाएको दृश्य सार्वजनिक भएको छ।

 

प्रचण्ड आफ्नी पत्नी सीता र छोरी गंगा दाहालसहितका आफन्तसँग कुण्डमा स्नान गर्न पुगेका हुन्। प्रचण्ड र उनकी पत्नी अझै केही दिन कुण्डमा स्नान गर्ने बताइएको छ।

प्रचण्डपत्नी पटक(पटक बिरामी भइरहेकी छिन्। सिंगापुर पुग्दा होस या नेपालमै उनी पानीमा डुबुल्की मारेको फोटो सार्वजनिक भइरहेको छ। सुगर तथा अन्य दीर्घ रोगको नियमित औषधि सेवन गरिरहेकी सीताले किन बारम्बार पानीमा डुबुल्की मारिरहेकी छिन्रु उनलाई अरू के(के रोगहरू छन्रु पानीमा डुबुल्की मार्नु पर्ने के रोग लाग्यो त उनलाई ?

चिकित्सकहरूका अनुसार पानीमा डुबुल्की मारेर गरिने उपचार पद्धतिलाई ुहाइड्रोथेरापीु पद्धति भनिन्छ। हाइड्रोथेरापी उपचार पद्धति नशा र हाडजोर्नीको बिरामीको लागि गरिन्छ। यो अत्यन्तै सुरक्षित उपचार पद्धति हो। हाइड्रोथेरापी उपचार पद्धतिले हाडजोर्नी र नशा बाहेक अन्य रोगहरूको उपचारमा समेत प्रभावकारी हुन्छ।

के हो हाइड्रोथेरापी पद्धति रु किन गरिन्छ यो पद्धतिबाट उपचार ?

फिजियाट्री मेडिसिन विशेषज्ञ डाक्टर राजु ढकाल हाइड्रोथेरापी पद्धतिको उपचार विभिन्न अवस्थामा गर्न सकिने बताउँछन्। उनका अनुसार हाइड्रोथेरापी उपचार पद्धतिमा औषधि प्रयोग हुन्न। नेपालका केही अस्पतालहरूले मात्र यो उपचार पद्धति सुरुवात गरेका छन्।

 

नशा तथा हाड जोर्नीको रोग हुँदा यो पद्धतिको उपचार गरिन्छ। यो उपचार पद्धति अपनाउन २८ देखि ३२ डिग्रीको तापक्रम भएको पानी आवश्यक भएकाले शरीरले आनन्द महसुस गर्छ। यो उपचार पद्धतिबाट शरीरको कडापन कम हुन्छ। दुखाई कम हुने सम्भावना बढ्छ।

 

डा। ढकाल भन्छन्, ुनशाको रोग मात्रै हैन अनिद्रा, तनाव र मानसिक रोगीहरूलाई पनि ुरिल्याक्सु फिल गराउनको लागि हाइड्रोथेरापी पद्धतिबाट उपचार गरिन्छ।

 

अस्पताल बाहेक प्राकृतिक रूपमा पनि यस्तो थेरापी गर्न सकिन्छ। सिन्धुपाल्चोकको तातोपानी र बेनी त्यसको उदाहरण हो। हाइड्रोथेरापी उपचार पद्धतिले सबैलाई फाइदा गर्छ भन्ने हुन्न। रोग निर्मूल गर्नको लागि यो उपचार पद्धति मात्रै प्रभावकारी हुन्न। यो पद्धतिले तनाव र दुखाई कम गराई केही समय ुरिल्याक्सु फिल गराउँछ। उनी भन्छन्, यो हप्तामा पाँचपटक र बिहान बेलुका आधा(आधा घण्टामा दुईपटक गराउँदा राम्रो हुन्छ।

 

ुहाइड्रोथेरापीु उपचार पद्धतिले सामान्य मानिसलाई पनि ुसाइडइफेक्टु गर्दैन। ब्लड सर्कुलेशन र ब्लडको क्वालिटी राम्रो बनाउन यो थेरापी प्रभावकारी हुन्छ। यसले शरीरका अनावश्यक विकारका पदार्थहरू निष्कासन समेत गर्छ। शरीरका कोषहरुमा पोषण भर्नु पनि यो थेरापीको गुण हो। उनले भने, ुशरीरको प्रतिरक्षा प्रणाली, पाचन प्रणाली र औषधि खाँदा हुने साइड इफेक्टलाई पनि हाइड्रोथेरापीलेले कन्ट्रोल गर्छ।

 

३२ डिग्रीभन्दा बढी तापक्रम भएमा शरीरलाई नै हानी हुने ढकाल बताउँछन्। धेरै समयसम्म तातोपानीमा बस्न नहुने उनको भनाई छ। स्पाइनल कर्डका बिरामीले ५ मिनेट डुब्दै तीन मिनेट पानी बाहिर बस्नुपर्ने उनी बताउँछन्। लामो समयसम्म पानीमा बस्नु हुन्न। ुपानी बाहिर र पानी भित्र बराबर बस्नुपर्छ, ढकालले भने, मानसिक समस्या भएकाहरूले पनि यही प्रकिया अपनाउने हो।

 

विभिन्न अध्यनहरुले हाइड्रोरोथेरापीले जोर्नी र नसाहरू जाम र कडापन भएको अवस्थामा राम्रो रिजल्ट दिने निष्कर्ष निकालेको छ। उमेरकै कारण प्रचण्डपत्नी सीतामा नशा र जोर्नी सम्बन्धि समस्या देखिएकाले पनि यो उपचार पद्धति अपनाएको हुनसक्ने ढकाल बताउँछन्। हाइड्रोथेरापी एक प्रकारको पानीमा गरिने एक्सरसाइज हो। शरीर कडापन भएका मानिसहरूलाई बाहिरभन्दा पानीमा एक्सरसाइज गर्न सजिलो हुने भएकाले यसले राम्रो रिजल्ट दिन्छ।

 

एक्सरसाइजकै लागि पनि यो थेरापी गरेको हुनसक्ने ढकालको भनाई छ।

 

प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको मृत्यु भए यता सीता धेरै बिरामी भएकी छिन्। पुत्र वियोगको कारण पनि उनमा तनाव बढिरहेको छ। तनावको कारण अनिद्रा बढेकाले पनि सीतालाई हाइड्रोथेरापी गर्नुपरेको हुनसक्ने उनी बताउँछन्। भन्छन्, ुतनाव र शारीरिक दुखाई नभएका सामान्य मानिसले पनि हाइड्रोथेरापी गर्न सक्छन्। उहाँले बिरामी भएकै कारण थेरापी गरेको नहुन पनि सक्छ।

 

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...