मन्त्रिपरिषदको निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक हुने
Thursday Nov 15, 2018
वि.सं.२०७५ कात्तिक २९ बिहीवार १२:११

काठमाडौं । काठमाडौं–अब मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मन्त्रालयमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताएका छन् ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बास्कोटाले निणय गरेको २४ घण्टापछि जानकारी दिने ब्यवस्था गरिएको उल्लेख गरेका छन् ।
साप्ताहिक रूपमा गरिने पत्रकार सम्मेलनमा विभिन्न विषयगत मन्त्रालयका प्रवक्ता पनि सहभागी हुने उनले जानकारी दिएका छन् । अहिले मन्त्रिपरिषदको निर्णय लुकाइएको भन्दै सरकारको आलोचना भइरहेको छ ।






















