CG Electronics
IME Life
NIMB

बैंकहरू नाफा बढाउन आक्रामक बन्दै, सेयर आम्दानीमा कुन बैंकको राम्रो हेर्नुहोस

NIMB
Himalayan Bank

काठमाडौ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरू धमाधम प्रकाशित गरिरहेका छन् । बैंकहरूले नाफा कमाएको र लगानीकर्तालाई खुुसी बनाउने प्रतिसेयर आम्दानी बढेको विवरण देखाएका छन् । प्रतिसेयर आम्दानी भनेको लगानीकर्ताको एक कित्ता सेयर बराबर कति आम्दानी भयो भन्ने हो ।

 

अधिकांश बैंकहरूले नाफा बढाउँदा लगानीकर्ताको चासोको रूपमा रहेको प्रतिसेयर आम्दानी पनि बढेको छ । हामीले यहाँ २८ वटा वाणिज्य बैंकमध्ये वित्तीय विवरण प्रकाशित गरेका १४ वटा बैंकहरूको नाफा र सेयर आम्दानीका विषयमा देखाउन खोजेका छौँ ।

सेन्चुरी बैंकको नाफा १०४ प्रतिशले बढ्यो

सेन्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य नाफा गरेको छ । बैंकले १०४.४७ प्रतिशतले नाफा बढाएर २७ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष १३ करोड ३८ लाख ३ हजार रुपैयाँ मात्र थियो । बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा कर्जा लगानी भने ५७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी नौ रुपैयाँ ८० पैसाबाट बढेर १३ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १५ पैसा छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा अर्ब माथि

नेपाल इन्भेस्टमेन्ट बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १ अर्बभन्दा बढी कमाएको छ । बैंकले यो अवधिमा १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १७.८४ प्रतिशतले वृद्धि हो । गत वर्ष यसै अवधिमा ८९ करोड ४९ लाख ९४ हजार रुपैयाँ कमाएको थियो । १ खर्ब ४१ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको यस बैंकले कर्जा लगानी १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६३ पैसा पुगेको छ । गत वर्ष ३३ रुपैयाँ ६९ पैसा थियो । प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ ९३ पैसा रहेको छ ।

सानिमाको ५१ करोड नाफा

सानिमा बैंकले ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा ३८.३५ प्रतिशतले बढी हो । गत वर्ष ३७ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । प्रतिसेयर आम्दानी २५.४५ रुपैयाँ रहेको छ । गत वर्ष १८ रुपैयाँ २० पैसा थियो । बैंकले खराब कर्जा पनि घटाएको छ । गत वर्षको यस अवधिको ०.१४ प्रतिशतबाट घटेर ०।८ प्रतिशत पुगेको छ ।

नेपाल बङ्गलादेश बैंकको प्रतिसेयर आम्दानीमा दोब्बर वृद्धि
बङ्गलादेश बैंकले ३१.४ प्रतिशतले नाफा वृद्धि गरेर ३० करोड १९ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २२ करोड ९७ लाख रुपैयाँ कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा छ । यो गत वर्षको तुलनामा दोब्बर बढी हो । गत वर्ष ७ रुपैयाँ ६२ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ रहेको छ ।

मेगाको छलाङ, ३९४.४८ प्रतिशतले नाफा बढ्यो

मेगाले ३९४.४८ प्रतिशतले नाफा बढाएको छ । बैंकको नाफा ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा मेगाले ८ करोड १८ लाख १७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । मेगाले प्रतिसेयर आम्दानी बढाएको प्रतिवेदन पेश गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८८ पैसाबाट बढेर १५ रुपैयाँ ४४ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा रहेको छ । ६६ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा कर्जा लगानी भने ६२ अर्ब २४ करोड रुपैयाँ गरेको छ ।

सनराइजको नाफा ६२.७३ प्रतिशतले वृद्धि

सनराइज बैंकको नाफा ६२.७३ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ३३ करोड १४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा २० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । सनराइजको प्रतिसेयर आम्दानी बढेर १६ रुपैयाँ २६ पैसा पुगेको छ गत वर्ष ९ रुपैयाँ ९९ पैसा थियो । बैंकले ७५ अर्ब निक्षेप सङ्कलन गर्दा ६६ अर्ब कर्जा लगानी गरेको छ ।

कुमारी बैंकको नाफा १४३।४६ प्रतिशतले वृद्धि

कुमारी बैंकले नाफा १४३।६६ प्रतिशतले बढाएको छ । बैंकको नाफा ३५ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १४ करोड ४३ लाख रुपैयाँ मात्र नाफा थियो । यसको पनि प्रतिसेयर आम्दानी बढेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसाबाट बढेर १९ रुपैयाँ ७१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २१ पैसा रहेको छ । कुमारीको निक्षेप ७२ अर्ब ४९ करोड ८२ लाख ३५ हजार रुपैयाँ सङ्कलन हुँदा कर्जा लगानी भने ६७ अर्ब ८२ करोड ४२ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल बैंकको प्रतिसेयर आम्दानी र नाफा दुवै खुम्चियो

सरकारी बैंक नेपाल बैंकले भने लगानीकर्तालाई निराश पारेको छ । बैंकको नाफाको साथसाथै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । बैंकको नाफा यो त्रैमासमा खुम्चिएको छ । गत वर्षको यसै अवधिको तुलनामा नाफा ५।९१ प्रतिशतले खुम्चिएको हो । गत वर्ष ९७ करोड नाफा कमाएको नेपाल बैंकले यो त्रैमासमा ९१ करोड रुपैयाँ मात्र नाफा कमाउन सकेको छ । प्रतिसेयर आम्दानी पनि घटेर ३९ रुपैयाँ ९२ पैसामा आएको छ । गत वर्ष ४८ रुपैयाँ ३१ पैसा थियो । बैंकले ९३ अर्ब ४३ करोड १४ लाख ७६ हजार निक्षेप सङ्कलन गर्दा ७९ अर्ब ७ करोड ९१ लाख ४५ हजार रुपैयाँ बर्जा प्रवाह गरेको छ ।

एभरेस्टको नाफा १९।१७ प्रतिशले वृद्धि

एभरेस्ट बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा १९।१७ प्रतिशतले बढेको छ । बैंकको नाफा ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष एभरेस्टले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५६ पैसा पुगेको छ । गत वर्ष २७ रुपैयाँ ७८ पैसा थियो । बैंकले १ खर्ब २० अर्ब ३३ करोड ९१ लाख निक्षेप सङ्कलन गर्दा कर्जा लगानी १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँ भएको छ ।

ग्लोबल आईएमईको ३६ प्रतिशतले नाफामा वृद्धि

ग्लोबल आईएमई बैंकले पहिलो त्रैमासमा ३६।३६ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । बैंकले यो अवधिमा ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको हो । गत वर्षको यसै अवधिमा बैंकको नाफा ३९ करोड २९ लाख रुपैयाँ मात्र थियो । बैंको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा पुगेको छ । यो गत वर्षको तुलनामा बढेको हो । गत वर्षको यसै अवधिमा १९ रुपैयाँ ४५ पैसा थियो । बैंकले निक्षेप १ खर्ब ११अर्ब रुपैयाँ हुँदा कर्जा लगानी ९९ अर्ब ५० करोड रुपैयाँ विस्तार भएको छ ।

स्ट्यान्डर्ड चार्टडको प्रतिसेयर आम्दानीमा गिरावट

बैंकले चालु आवको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको तुलनामा खुद नाफामा २६।७७ प्रतिशतले वृद्धि हो । प्रतिसेयर आम्दानी भने गिरावट देखिएको छ । गत वर्ष ४९ रुपैयाँ ९५ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको अहिले प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । यो त्रैमासमा स्ट्यान्डर्डले ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कृषि विकास बैंकको नाफामा ८२।१९ प्रतिशतले वृद्धि
कृषि विकास बैंकले ८२।१९ प्रतिशतले नाफा बढाएको छ । बैंकले पहिलो त्रैमासमा ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यही अवधिमा ३६ करोड ३९ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको छ । गत वर्ष १५ रुपैयाँ ९४ पैसा मात्र थियो । कृषि विकास बैंकमा १ खर्ब २ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ निक्षेप छ भने यस बैंकले १ खर्ब ६१ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

सिटिजन्स बैंक

सिटिजन्सले पहिलो त्रैमासमा नाफामा ३४।३८ प्रतिशतले बृद्धि गरेर ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २६ पैसा छ । यो गत वर्षको तुलनामा बढेको हो । गत वर्ष १५ रुपैयाँ ९० पैसा थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थले पहिलो त्रैमासमा ५२ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्षको तुलनामा ४३।१० प्रतिशतले बढेको हो । गत वर्ष ३६ करोड ६९ लाख १८ हजार खुद नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा छ । यो गत वर्षको भन्दा बढेको हो । गत वर्ष २३ रुपैयाँ ७ पैसा थियो ।

 

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...