CG Electronics
IME Life
NIMB

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यादव माथि लाखौं भ्रष्टाचार आरोप

NIMB
Himalayan Bank

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुई को राजधानी मा जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।रामपरिक्षण यादवले सेवाबाट अवकाश पाउनै लाग्दा प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेको रहस्य खुलेका छ ।

डा। यादवले कात्तिक १८ गते जुनियर मेडिकल रेकर्डर असिस्टेन्टमा डा। उदेश कुमार राय (अधिकारी)लाई नियुक्त गरेका छन। उनी अझै एक जना चिकित्सकको नियुक्त गर्ने तयारीमा रहेको बताइएको छ ।

नियुक्ति पाएका डा। राय सोही अस्पतालमा कार्यरत लेखा अधिकृत रामविनयका छोरा हुन् । रायलाई अस्पतालमा जागिर लगाइदिने र डा। यादवले भने अनुसार प्रक्रिया मिलाएर रकम भुक्तानी गर्ने सहमति भएको श्रोतका दाबी छन ।

जनकपुर अञ्चल अस्पतालको विकास समिति खारेज भएका कारण निजी श्रोतबाट कर्मचारी नियुक्त गर्न पाइँदैन । तर, डा। रायलाई कात्तिक १८ गते आइतबार चलानी नम्बर ९७९ बाट मेसु डा यादवले प्रक्रिया मिचेर नियुक्ति पत्र दिएका हुन् ।

उनले २०७३ पुस ७ गते विकास समितिमार्फत १८ जना चिकित्सकलाई मासिक १० हजार खाजा खर्च दिएर नियुक्ति गरेका थिए । सो बाहेक विकास समिति खारेज भएपछि पनि २०७५ असोज २९ गतेसम्ममा उनले प्रक्रिया नै पुरा नगरी अवैध रुपले ३६ जना कर्मचारी भर्ना गरेका हो ।

नातागोता र आर्थिक लेनदेन गरी कर्मचारी भर्ना गर्दा मेसु डा। यादव र कर्मचारीबिच मतभेदसमेत भएका थिए। अस्पतालको गोप्य सूचना सार्वजनिक गरेको भन्दै प्रशासन फाँटका कर्मचारीलाई मेसु यादवले जिम्मेवारीबाटै हटाएका थिए ।

डा। यादव कर्मचारी भर्नालगायत विभिन्न अनियमिततामा संलग्न रहेको अस्पताल श्रोतले बताएको छ । दुई साताअघि जनकपुर अञ्चल अस्पतालमा हाजिर भएका लेखा अधिकृत राय र मेडिकल सुपरिटेन्डेन्ट यादवको मिलेमतोमा मात्रै इन्धन, ल्याब बनाउने प्लाइबोर्ड र सीसीटिभी खरिदमा लाखौँको अनियमितता भएको छ ।

अवकाश हुने समय नजिकिएपछि डा। यादवले जेरनेटर र गाडीमा खपत नै नभएको इन्धनको बिल बनाई रकम निकासा गरेको बताइएको छन ।

डा।यादव ले अस्पतालमा असहाय व्यक्तिका लागि आएको रकम पनि हिनामिना गरेका छन् । साथै, निर्माणाधिन भवन को ठेक्का पाएका ठेकेदारसँग पनि उनले कमिसन खान खोजेको आरोप लगाइएका छन ।

बहिरङ्ग विभाग र अकास्मिक विभागको भवनको काम पुरा नहुँदै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सो भवनको उद्घाटन गरेका थिए ।

२०७४ पुस मसान्तसम्म निर्माण सक्नु पर्ने भवन अझै अस्पताललाई हस्तान्तरण गरिएका छैन । भवन निर्माणका क्रममा हुने अतिरिक्त खर्चबापतको करिब ३० लाख रुपैयाँ हिनामिना गर्न मेसु डा। यादव अहिले दौडधुपमा छन् ।

यो विषयमा मेसु डा। यादवसँग जिज्ञासा राख्दा अवकाश पाउन केही साता रहेकाले आफूले विवादमा आउने काम नगरेको दाबी गरे हो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...