कामना सेवा विकास बैंकले आफ्नो १२ औं बार्षिक मनायो
Saturday Nov 17, 2018
वि.सं.२०७५ मंसिर १ शनिवार ०५:२५

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १२ औ वार्षिकोत्शव मनाएको छ । ख बर्गको राष्ट्रियस्तरको यो विकास बैंकले ६० बटा शाखा कार्यालय सहित केन्द्रीय कार्यालय, काठमाडौंबाट आफ्नो बैंकिङ सेवा दिदैं आएको छ । यसका साथैं थप २५ वटा शाखा समेत संचालनको प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
यस बैंकले आफुलाई देशको जिम्मेबार संस्थाको रुपमा विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व पुरा गर्नको लागि आफ्नो खुद नाफाको १ प्रतिशत रकम मध्येबाट बिभिन्न क्षेत्रमा खर्च गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरका काठमडौमा आयोजित कार्यक्रममा उपस्थित केन्द्रीय कार्यालयका सम्पुर्ण कर्मचारी र संचालक विश्वेश्वर सुबेदी सहित अध्यक्ष्बाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई रु. दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै गरि, अर्को संस्था श्री भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जाडो बाट बच्नको लागि न्यानो कपडा (स्वीटर) उपलब्ध गराउने घोषणा गरेको छ ।
उक्त कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष श्री सुदिप आचार्यले यसरी सामाजिक उत्तरदायित्व पुरा गर्न पाउदा आफुलाई धेरै खुशी लागेको कुरा ब्यक्त गरे । साथै कार्यक्रमको बारेमा प्रकाश पार्दै बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले विगतका बर्षहरुमा गरिएका विविध सहयोगहरुको निरन्तरता दिंदै यस बर्ष पनि सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुको उज्जवल भबिष्यको लागि बैंकको तर्फबाट सहयोगको लागि हातेमालो गर्न पाइएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि अन्य क्षेत्रमा समेत सहयोग गर्दै जाने ब्यहोरा ब्यक्त गरे ।
बुटवलमा भएको कार्यक्रममा तिलोत्तमा–१५, रुपन्देही स्थित नेपाल अनाथ आश्रममा रहेका बालबालिकाहरुको जिविकोपार्जनको लागि बैंकको तर्फबाट रु.पचास हजारको चेक हस्तान्तरण गरियो ।
यस्तै पोखरामा भएको विभिन्न कार्यक्रममा बैंकका पुर्ब अध्यक्ष तथा संचालक ज्यूहरुको उपस्थितिमा पोखरा–३, नदीपुर स्थित महर्षि गुरुकुल विद्याआश्रमलाई २ थान कम्प्युटर, श्री कल्याण आधारभुत विद्यालय, कुमाल गाँउ, लेखनाथलाई १ थान र श्री लेखनाथ आधारभुत विद्यालय, अर्चले, लेखनाथलाई १ थान गरि ४ थान कप्युटर हस्तान्तरण गरेको बैंकले जनाएको छ ।























