डडेल्धुरा जीप दुर्घटनामा जीपधनी दीपेन्द्र शाही र धर्मसिंह र मडैको मृत्यु लखन चौधरी
Saturday Nov 17, 2018
वि.सं.२०७५ मंसिर १ शनिवार ०८:१४

धनगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाबाट सदरमुकाम आउने क्रममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–३ का जीपधनी ४५ वर्षीय दीपेन्द्र शाही र जीपमा सवार भागेश्वर–२ का २५ वर्षीय धर्मसिंह मडै रहेका छन् ।
दुर्घटनामा घाइते भएका १७ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जनाइएको छ । तर उनीहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
म१ज १८० नम्बरको जीप अनियन्त्रित भई सडकबाट भीरमा खसेर दुर्घटना भएको हो ।






















