CG Electronics
IME Life
NIMB

विक्रीका लागि लैजाँदै गरिएका सात हजार महिला तथा बालबालिकाको उद्धार

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ ।

प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, जुम्ला, कैलाली, कञ्चनपुरलगायतका नाका हुँदै विदेश बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये तीन हजार ८९६ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा तीन हजार १३३ महिला रहेका छन् । प्रहरीले मानव बेचबिखनका लागि भारत र चीन लाँदै गरेको अवस्थामा उनीहरुलाई देशका विभिन्न नाकाहरुबाट नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी खुला सीमाना भएका कारण नेपालका बालबालिका तथा महिलालाई छिमेकी नाका हुँदै विदेश लैजाने गरेको बताउँछन् । ‘नेपाल प्रहरीले महिला तथा बालबालिका उद्धारका लागि विशेष जनशक्ति खटाएर काम गरिरहेको छ’, उनले भने ।

प्रहरीले महिला र बालबालिकाको उद्धारका लागि महिला तथा बालबालिका खोजतलास केन्द्रको स्थापना गरेको छ । सरकारले झापा, काठमाडौँ, सिन्धुपाल्चोक, पर्सा, चितवन, कैलाली र बाँकेमा बेचबिखनमा परी फर्काइएका महिला तथा बालबालिकालाई राख्न पुनस्र्थापना गृह समेत सञ्चालनमा ल्याएको छ ।

लामो समयदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था समाज उत्थान महिला मञ्चकी उपाध्यक्ष जानुका ढकाल जनचेतनाको अभाव र गरीबीका कारण महिला तथा बालबालिका प्रलोभनमा परेर बेचिने गरेको बताइन् ।

आकर्षक जागिर लगाई दिने आशामा ललाइफकाइ गरेर महिला तथा बालबालिकालाई विभिन्न नाकाबाट विदेश लैजाने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । कतिपयले नक्कली विवाह गरी प्रहरी र समाजलाई झुक्याएर पनि बेचबिखन गर्ने गरेको उनको भनाइ छ ।

प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार यौन शोषण गर्न, बाध्यकारी श्रम वा सेवामा प्रयोग गर्न, कमाराकमारी राख्न, मानव अङ्ग झिक्न, मनोरञ्जनमा प्रयोग गर्न, डान्स रेष्टुराँको काममा प्रयोग गर्न, रोजगारी तथा घरेलु काममा प्रयोग गर्न बेचबिखन गर्ने गरेको पाइन्छ ।

राजनीतिक प्रभावमा पनि मानव बेचबिखनमा संलग्न गिरोहले यस्ता अपराधिक घटना गराउने गरेको उनको भनाइ छ । मानव बेचबिखन गर्ने व्यक्तिलाई २० वर्ष कैद र रु दुई लाखसम्म जरिवाना गर्ने व्यवस्था समेत रहेको छ ।

नेपाल प्रहरीले मुलुकमा हुने बालबालिका तथा महिलालाई बेचबिखनलाई ध्यानमा राखेर मानव बेचबिखन ब्यूरो स्थापना गर्न लागेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पछिल्लो समय समाजमा हुने साइबर अपराध र मानव बेचबिखनलाई ध्यानमा राखेर मानव बेचबिखन र साइवर ब्यूरो स्थापनाका लागि गृह मन्त्रालयमा पेश गरेका थिए ।

सोहीअनुसार अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५(७६ मा मानव बेचबिखन ब्यूरोमा ६० तथा साइबर ब्यूरोमा ७० दरबन्दी रहने गरी बजेट समेत विनियोजन गरेको थियो ।

सोहीअनुसार प्रहरीले ब्यूरो निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त ब्यूरो स्थापनासँगै महिला तथा बालबालिका बेचबिखनमा कमी आउने विश्वास नेपाल प्रहरीले लिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...