CG Electronics
IME Life
NIMB

नेपालमा धितोपत्रको व्यवस्था र सेयर

NIMB
Himalayan Bank
अर्जुन चालिसे

सरकार तथा कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) हरुद्वारा निष्कासन तथा विक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषका एकांक लगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ । नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो । निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं.२०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

 

भनिन्छ मानिससँग सम्पत्ति पनि सँगै जन्मिन्छि । यसैले होला व्यक्ति जैविक रुपमा पृथ्वीमा जन्म लिएपछि प्रकृतिमा विलन नहुने बेलासम्ममा सम्पत्तिकै लागि दगुरि रहेको हुन्छ । सम्पत्तिमै मानिसको सुख शान्ति अडेको हुन्छ । शेयर पनि यही स्वामित्व अन्तर्गत रहेको हुन्छ । शेयर भन्नाले कुनैपनि संस्था, निकाय वा कम्पनिमा रहेको पुजीलाइ जनाउदछ । कम्पनी ऐन २०६३ का अनुसार शेयर भन्नाले “कम्पनीले शेयर पूँजीको विभाजित अंश सम्झनु पर्छ” भनेर परिभाषित गरिएको छ ।

त्यस्तै नेपाल स्टक एक्स्चेन्ज (NEPSE) ले नेप्से एजुकेशन सेन्टरमा तिन प्रकारका सेयर वर्गिकरण गरिएको छ । जसमा निम्न छन्

साधारण सेयर

धितोपत्रहरु मध्ये सबैभन्दा बढी प्रचलनमा रहेको बुझ्न सजिलो वित्तीय औजार साधारण सेयर हो । कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ ।

साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ, दायित्व पनि लगानीको परिमाणमै सीमित हुन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण सेयरधनीहरुले बढी जोखिम उठाउनु पर्दछ ।

साधारण सेयरधनीलाई सामान्यतया कम्पनीको साधारण सभामा भाग लिने, निर्णय प्रक्रियामा सहभागी हुने, मतदान गर्ने तथा कम्पनीको सञ्चालक हुन पाउने लगायतका अधिकार प्राप्त हुन्छ ।

अग्राधिकार सेयर

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार भनिएको हो । अग्राधिकार सेयरधनीहरुले आफ्ना हकहितसंग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउंदैनन् ।

कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकी लाभांश वितरण गर्न नसक्दा आगामी वर्षहरुमा लाभांश वितरण गर्ने गरी जारी गरेको सेयरलाई सञ्चयशील अग्राधिकार सेयर भनिन्छ । नोक्सान भएको वर्षबाट नाफा भएको वर्षमा सार्ने गरी लाभांश जम्मा हुने व्यवस्था नगरिएको सेयरलाई असञ्चयशील अग्राधिकार सेयर भनिन्छ ।

निश्चित समयपछि फिर्ता भुक्तानी गर्ने गरी जारी गरिएको सेयरलाई विमोच्य अग्राधिकार सेयर भनिन्छ । कम्पनी रहुन्जेल अग्राधिकार रहने गरी जारी गरिएकोलाई अविमोच्य अग्राधिकार सेयर भनिन्छ ।

तोकिएको समयपछि साधारण सेयरमा परिवर्तन गर्न सकिनेलाई परिवर्तनीय अग्राधिकार सेयर भनिन्छ भने परिवर्तन गर्न नसकिनेलाई अपरिवर्तनीय अग्राधिकार सेयर भनिन्छ।

ब्लु चिप सेयर

लामो समयदेखि नाफा कमाउंदै आएको तथा लगानीकर्ताहरुलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ता प्रति तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् ।
यी कम्पनीहरुले लगानीकर्ताको विश्वास जितेका हुन्छन नै पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचीत वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको सेयरहरुको बजार मूल्य प्रायः बढिरहेक हुन्छ ।

साधारण रुपमा शेयर बजारको कारोकार सार्वजनिक कम्पनि (पब्लिक कम्पनी) वा सार्वजनिक संस्थानहरुमा हुने गरेको कारोबारलाइ बुझिन्छ । तर वर्तमान समयमा ठूला प्राइभेट कम्पनिहरुमा पनि सर्वसाधारणका लागि शेयर जारी गर्ने कार्यको शुरुवात भएको छ । यस्तो उदाहरण हो शिवम् सिमेन्ट । 

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...