बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निमित्त कार्यकारी निर्देशकले आफूलाई धरेै काममा लगाएको ड्राईभरको आरोप
Tuesday Nov 20, 2018
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०६:०७

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुई को बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा लगाइएका ताला फुटाइएका छ ।
एक महिनाभन्दा बढी समयसम्म लगातार हाजिर नभएर काममा लापारबाही गरेको भन्दै परिषद् प्रशासनले ड्राइभर विक्की चौधरी र धनीराम मण्डलसँग स्पष्टीकरण सोधेपछि आक्रोशित कर्मचारीहरूले कार्यकारी निर्देशकको कार्यकक्षमा आज अपराह्न तालाबन्दी गरेका थियो ।
परिषद् अध्यक्ष शालीग्राम सिँहले आफूहरूमाथि हुकुमी शासन थोपरेको र गालीगलौज गर्दै व्यक्तिगत काममा खटाउँदै आएको ड्राइभर चौधरीले आरोप लगाएका छन ।
चौधरीलाई परिषद्ले काठमाडौंस्थित पशुपति, जानकी आयोध्या रामायण सर्किट कार्यालयमा सरुवा गरेका थिए ।तर, उनी त्यस ठाउँमा पुगेका थिएनन् । ड्राइभर चौधरीले कार्यकारी निर्देशकको कार्यकक्षमा आफूले ताल्चा नलगाएको दाबी गरेका छन ।
तालाबन्दी गरिएको केहीबेरमै ताला फुटाएर कार्यालयको कामकाज सुचारु गरिएको परिषद् अध्यक्ष सिंहले बताएका छन । सिंहले भने, ‘घटस्थापनायता निरन्तर काममा नआएका चौधरीसँग त्यसो गर्नुको कारण लिखित रूपमा दिन भनेपछि उनले केही समय कार्यकारी निर्देशकको कक्षमा ताल्चा लगाएका हुन् ।
तर, हामीले ताल्चा फुटाएर कामकाज गरिरहेका छौं ।’
घटनापछि ड्राइभरद्वय चौधरी र मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएर सोधपुछ गरिएका छन।
परिषद्को कार्यकारी निर्देशक पदका लागि सोमबार अन्तर्वार्ता लिने कार्यक्रम तय गरिएको थियो । त्यसका लागि अध्यक्ष सिंह आइतबार जनकपुर पुगेका थिए । ड्राइभरको अनुपस्थितिका बारेमा जानकारी पाएका अध्यक्ष सिँहले सोमबार उनीसँग स्पष्टीकरण माग गरेका थिए । त्यसलगत्तै परिषद्मा तालाबन्दी भएको थियो ।
अध्यक्ष सिँहले कार्यकारी निर्देशकको अन्तर्वार्ता भइरहेको जनाए । परिषद्मा लामो समयदेखि कायकारी निर्देशकको पद रिक्त छ । निमित्त कार्यकारी निर्देशकका रूपमा प्रशासकीय अधिकृत चिरञ्जीवी ढुंगानाले कामकाज गर्दै आएका छन् ।























