CG Electronics
IME Life
NIMB

डडेल्धुरा बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु, २८ को उपचार हुँदै

NIMB
Himalayan Bank

धनगढी । डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो ।

शुक्रबार बिहान ३ बजेसम्म घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको बताए । उनीहरु मध्ये ६ जनाको मात्रै सनाखत भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुरज केसीले जानकारी दिएका छन् ।

डडेल्धुराको उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस दिन सुदूरपश्चिमसहित नेपालका अन्य स्थान र भारतबाटसमेत दर्शनार्थी आउने गर्दछन। सार्वजनिक यातायातका साधनहरुमा बढी भीड हुने भएकाले डोटीबाट त्यहाँका स्थानीयहरुले एक नीजि स्कुलको गाडी लिएर जात्रा जहेर्न आएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गभ्भीर घाइते १५ जनालाई उपचारका लागि धनगढी ल्याइएको छ । पिस जोन विद्या निकेतनका प्रिन्सीपल शिखर नगरपालिका–१० का शिव बलायर, उनकी श्रीमती सरिता बलायर र १४ महिनाकी छोरी शिवानी बलायर सहित ७ जनाको सेतीअञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै अन्य ८ जनाको मायामेट्रोसहितका धनगढीका अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । बसमा ४८ जना यात्रु सवार रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

घाइतेको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले शुक्रबार बिहान ३ बजेसम्म उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।

सनाखत भएका मृतकहरु
१० डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी
२० दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
३० शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
४० शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
५० शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
६० शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...