CG Electronics
IME Life
NIMB

प्रचण्डले खोले छोरा–बुहारीको सम्बन्धको रहस्य, प्रकाशले शारीरिकसम्बन्ध राख्न पाएनन्

NIMB
Himalayan Bank

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा साकार दाहाल ‘प्रकाश’को पहिलो पत्नीसँग शारीरिक सम्बन्ध स्थापित गर्न नपाएका कारण तनावमा परेको खुलासा गरेका छन् ।

साकार दाहालको प्रथम पून्यस्मृतिका दिन विमोचित स्मृतिग्रन्थमार्फत् प्रचण्डले आफ्नो छोराको पहिलो विवाहपछिको यौन जीवनबारे खुलाएका हुन् । स्व। साकार दाहाल उर्फ ‘प्रकाश’को प्रथम वार्षिकीको अवसरमा मंसिर ३ गते मा खुमलटारस्थित प्रचण्डको निवासमा स्मृतिग्रन्थको विमोचन गरिएको थियो ।

‘प्रकाशको पहिलो विवाह दुई वर्षपनि नपुग्दै सम्बन्ध बिच्छेदमा परिणत हुनुको कारण थियो, पत्नीसँग शारीरिक सम्बन्ध नै स्थापित हुन नसक्नु’, प्रचण्डले स्मृतिगन्थमा भनेका छन् ।

प्रकाशको पहिलो विवाह तत्कालीन नेकपा ९माओवादी०का वरिष्ठ नेता स्व।पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग भएको थियो । त्यस बेला प्रकाश पार्टी हेडक्वार्टरमा कार्यरत थिए ।

प्रचण्डले भनेका छन्, ‘पार्टी हेडक्वार्टरमा काम गरिरहेको सिलसिलामा नै प्रकाशको पार्टीका अर्का वरिष्ठ नेता र मेरा एक घनिष्ठ सहयोद्धा क।पोष्टबहादुर बोगटीको छोरीसँग चिनजान, भेटघाट र छलफल कामकै सन्दर्भमा बढ्दै गइरहेको थियो । कतिपय साथीहरूको सुझाव समेतका आधारमा पोष्टबहादुर र मेरो परिवार समेतको सल्लाहमा जनयुद्धको अन्तिम चरणतिर भूमिगत रुपमा नै उनीहरूको विवाह भयो ।’

प्रकाशको पहिलो विवाह प्रभा बोगटीसँग १२ फागुन २०६२ मा सम्पन्न भएको सो स्मृतिग्रन्थमा उल्लेख छ ।

‘विवाह भएपनि प्रकाश दम्पत्तिबीच शारीरिक सम्बन्ध हुन सकेको रहेनछ’, प्रचण्डले भनेका छन्, ‘जुन कुरा प्रचण्डले पत्नी सीतामार्फत् जानकारी पाए ।’

‘शान्ति प्रक्रियामा आइसकेपछि मात्र प्रकाशको आमा सीतामार्फत् मलाई थाहा भयो कि उनीहरूको बीचमा कुनै शारीरिक सम्बन्ध स्थापित हुन सकेको छैन’, प्रचण्डले भनेका छन्, ‘भित्रभित्रै त्यसको तनावमा प्रकाश परेको रहेछ ।’

त्यो तनावपूर्ण स्थितिको अन्त्य गर्न आफ्नो र पोष्टबहादुर बोगटीको परिवार आपसी सल्लाहमा भएको, त्यसक्रममा प्रकाश दम्पत्ति असल साथी बन्ने, तर दाम्पत्य जीवनको अन्त्य गर्ने माग अनुसार पार्टीले सम्बन्ध बिच्छेदको अनुमति दिएको प्रचण्डले जनाएका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले विजय हासिल गरेपछि प्रचण्ड प्रधानमन्त्री बने, प्रकाशलाई प्रचण्डले स्वकीय सचिव बनाए । त्यस क्रममा एउटा कार्यक्रममा काभ्रे गएका बेला मादक पदार्थ सेवन गरेर बेहोसीझैँ प्रकाश कुर्सीमा ढलिरहेको तस्वीर सार्वजनिक भएको थियो ।

पदीय र राजनीतिक मर्यादा विपरित रक्सी खाएर प्रकाश सार्वजनिक स्थानमा त्यसरी प्रस्तुत भए, त्यसको कारण पनि प्रचण्डले खोलेका छन् ।

प्रकाशको स्मृतिग्रन्थ कितावमा प्रचण्डको लेखेको अंश
प्रचण्डले भनेका छन्, ‘सम्बन्ध बिच्छेदको स्वीकृतिपछि पनि प्रकाश मानसिक तनावको स्थितिमा थिए र, त्यही कारण रक्सी सेवन गर्न थाले ।’

‘त्यसपछि पनि प्रकाश मानसिक तनावको स्थितिमा रहेको र बेला–बेलामा अस्वाभाविक रुपले रक्सी सेवन गर्ने हुँदा घर, परिवार र पार्टी हेडक्वार्टरमै तनावको स्थिति बन्न थाल्यो’, प्रचण्डले स्मृतिग्रन्थमा भनेका छन्, ‘यसको सबैभन्दा ठूलो चिन्ता र पीडा आमालाई पर्नु स्वभाविकै हो ।’

बिना मगरसँग विहे गरेपछि मात्र प्रकाश सुध्रिँदै गएको दावी प्रचण्डले गरेका छन् । तर, वैधानिक रुपमा बिहे गरेकी सिर्जना त्रिपाठीसँग किन सम्बन्ध बिग्रन गयो, त्यसबारेमा भने प्रचण्डले उल्लेख गरेका छैनन् ।

आफूले निकै माया गर्ने प्रकाश–सिर्जनाबाट जन्मिएका नाति प्रसिद्ध दाहालबारे प्रचण्डले कुनै कुरा उल्लेख गरेका छैनन् ।

‘पछिल्लो चरणमा प्रकाशलाई सकारात्मक वातावरण र हौसला प्रदान गर्ने कुरामा बीना मगरको पनि निकै नै महत्वपूर्ण भूमिका रह्यो’, प्रचण्डले भनेका छन्, ‘यसैबीचमा प्रकाश र बीनाका तर्फबाट छोरा प्रणवको जन्म भयो र स्थिति क्रमशः सामान्यीकरण हुँदै गयो ।’

 

 

नागरिकबाट

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...