CG Electronics
IME Life
NIMB

८८ केजी सुन तस्करी गर्ने कांग्रेसका यी नेता र ब्यापारीलाई ओली सरकारले दियो उन्मुक्ति,खुल्यो यस्तो डरलाग्दो रहस्य

NIMB
Himalayan Bank

काठमाडौ ।  काठमाडौं जिल्ला अदातलले ८८ किलो सुन तस्करी प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै अन्य १० जनालाई सफाइ दिएको छ। जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले फरार रहेका व्यक्तिलाई दोषी देखाउँदै अन्यलाई उन्मुक्ति दिएको हो।

मंसिर ४ को इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित ३ वर्ष जेल सजाय फैसला गरेको हो। उनले बयानको क्रममा आफू केरुङबाट समान ल्याउने भरिया मात्र भएको बयान दिएका थिए। तर अदाललते उनलाई मुख्य अभियुक्तको रुपमा फैसला सुनाएको छ।

पोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जनिवानासहित ५ वर्ष कैद फैसला सुनाएको छ। तर, यी दुवै हाल चीन पुगिसकेका छन्। नेपालमै हुँदा पक्राउ गर्न नसकेपछि उनीहरु चीन फर्किएका हुन्।

दोषी ठहर भएका अधिकारी २०७४ कात्तिक २४ गते देखि नै अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्।

केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ केजी सुन प्रहरीले २०७४ भदौ १९ क्षेत्रपाटीबाट बरामद गरेको थियो। उक्त सुन चिनियाँ नागरिकको संलग्नतामा काठमाडौंका सुन व्यापारीले लगानी गरेर भित्र्याएको दाबी अभियोगपत्रमा गरिएको थियो।

सरकारी वकिलको कार्यालयले सोही दाबीसहित तीन चिनियाँ नागरिक, एक नेता, पाँच व्यापारी, तीन भरिया र एक अन्यलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो।

जिल्ला अदालतमा २०७४ कात्तिक १७ गते संगठीत अपराध गरी सुन तस्करी गरेको अभियोगमा मुद्दा दायर भएको थियो। मुद्दामा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अमृतबहादुर बस्नेतको इजालसले २०७१ कात्तिक २४ गते अधिकारीबाहेक अन्यलाई धरौटीमा छोड्ने आदेश गरेको थियो। तर अर्का एक चिनियाँ नागरिक जाङ हालिङलाई संलग्नता नभेटिएको भन्दै जिल्लाले सफाइ दिएको छ।

रसुवाकै स्थानीय साङ्बो लामा तामाङलाई पनि जिल्ला अदालतले सफाइ दिएको छ।

एक गाडी चालक मुख्य अभियुक्त, दुई निर्दोष
उक्त सुन तस्करी प्रकरणमा तीन जना गाडी चालकले सुन तस्करीको मुद्दा खेपेका थिए। त्यसमध्ये अधिकारी मात्र दोषी ठहर भएका हुन्।

अर्का दुई चालक दिलीप खड्का र दाम्पा लामालाई भने तस्करीमा संलग्न नभएको भन्दै जिल्लाले सफाइ दिएको छ। तर अधिकारीलाई भने मुख्य दोषीको रुपमा जिल्लाले ठहर गरेर कैद र जरिवाना हुने ठहर गरेको छ।

कांग्रेस नेताले पाए सफाइ
नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका मानबहादुर तामाङलाई पनि जिल्ला अदालतले सफाइ दिएको छ। ८८ किलो सुन तस्करीमा उनी चिनियाँ नागरिकसँग नियमित सम्पर्कमा रहेको भन्दै प्रहरीले २०७४ असोज ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो।

प्रनिनिधिसभा निर्वाचनका लागि उनी समानुपातिक सूचीमा परेका थिए। उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत थिए। तर पछि उनी धरौटीमा छुटे।

पाँच व्यापारीलाई पनि उन्मुक्ति
८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायी असोज ४ गते पक्राउ परेका थिए। उक्त अभियोगबाट उनीहरुले पनि सफाइ पाएका छन्।

केरुङबाट तस्करी भएर आउने सुन उनीहरुले बिक्री गर्ने र लगानीसमेत गर्ने गरेको प्रहरीको अभियोग थियो। तर जिल्ला अदालतले उक्त कुरा अस्वीकार गर्दै उनीहरु दोषी नरहेको फैसला सुनाएको हो।

जिल्ला अदालतबाट सफाइ पाउनेमा काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीसिथ्त राविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन्। रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा मुछिएका थिए।

२०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए। उनी त्यतिबेला ११ लाख रुपैयाँ बोकेर अवैध सुन किन्न पुगेका थिए।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...